कांग्रेस सहमहामन्त्रीमा जीवन परियार निर्वाचित

समताखबर
  २ पुष २०७८, शुक्रबार ०८:४२

काठमाडौं : नेपाली कांग्रेसको सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार निर्वाचित भएका छन् । बिहीबार राति सकिएको मतगणनामा मानबहादुर विश्वकर्मालाई ३७ मतान्तरले पराजित गर्दै जीवन निर्वाचित भएका हुन् ।

डा.शेखर कोइरालाको प्यानलका उम्मेदवार बनेका उनले २२१५ मत पाएका छन् भने सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका मानबहादुरले २१७५ मत मात्र पाए । यस्तै गंगा सुनारको मत २२९ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *