बादी समुदायको अधिकार सुनिश्चितका लागि थप सक्रियता बढाउन कार्यशाला गोष्ठी

समताखबर
  २३ फाल्गुन २०७८, सोमबार १७:५८

बाँके : सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालले बाँकेको कोहलपुर नगरपालिकामा आइतबार (२२ गते) एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

बादी समुदायको आत्मसम्मानका साथै सामाजिक,आर्थिक न्यायका लागिका सशक्त रुपमा पैरवी गर्न बादी समुदायका समुह तथा संजालको थप सक्रियता बढाउन कार्यशाला गोष्ठी आयोजना गरिएको थियो । 

कार्यशालामा कमिट नेपालद्धारा गठन गरिएको करुणा महिला समुह, स्थानिय पैरवी समुह तथा महिला संजालका २५ जना सहभागी थिए । उक्त कार्यशालामा एक बर्षमा समुहले प्राप्त गरेको उपलब्धी,आइ परेका समस्या,चुनौती र असल अभ्यासको बारेमा समिक्षा गरिएको थियो ।

कार्यशाला गोष्ठीमा समुह तथा संजालका सदस्यहरुको क्षमता अभिबृद्धि गर्नका लागि राज्यले चालेका कदमहरु र बिभिन्न  सरोकारवालाहरुको भूमिकाका बिषयमा कमिट नेपालका अध्यक्ष प्रकाश नेपालीले प्रस्तुतीकरण गरेका थिए । त्यसैगरी स्थानिय तहमा योजना प्रक्रिया,बादी समुदाय र समुह,संजालको भुमिका, पैरवीका रणनीतिहरुको बारेमा कार्यक्रममा व्यापक छलफल गरिएको थियो ।

समुह तथा संजाललाई सशक्त तथा प्रभावकारी रुपमा संचालन गर्नका लागि समुह,संजाल थप सशक्त बनाउने र अन्य सरोकारवाला निकायहरुको भूमिका बारेमा ब्यापक छलफल गरिएको आयोजक संस्थाले जनाएको छ ।

छलफलका क्रममा सहभागीहरुले बिगत दिनहरुमा चुनौति, सिकाई तथा उपलब्धीको मध्यनजर गर्दै आगामी बर्षको कार्ययोजना निर्माण गरि यसको पूर्ण रुपमा कार्यान्वय गर्ने प्रतिबद्धता जनाउनुका साथै कार्यशाला निकै उपलब्धीमूलक भएको र यसले थप कार्य गर्न हौसला मिलेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *