धनगढीमा सदिश सुट दरबार उद्धघाटन

समताखबर
  २७ फाल्गुन २०७८, शुक्रबार १५:२९

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको चौराहमा सदिश सुट दरबार आजदेखि सञ्चालनमा आएको छ ।

बिहान ८ बजे सुट दरबारको धनगढी उप-महानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले उद्धघाटन गरेका हुन् ।

उद्धघाटन पश्चात नगर प्रमुख वडले सुट दरबारका सञ्चालक लक्ष्मण फुर्सिलाले उदाहरणीय काम गरेको बताए । बेरोजगार युवाहरु सिप सिकेर स्वरोजगार हुनुपर्ने बताउँदै नगर प्रमुख वडले संचालक फुर्सिलाको प्रशंसा गरे ।

दक्ष कारिगरद्धारा तयार पारिएका फेन्सी सामाग्रीहरु सस्तो दररेटका साथै छिटोछरितो सेवा दिने सदिश सुट दरवारका सञ्चालक फुर्सिलाले बताए । युवाहरुलाई लक्षित गर्दै विभिन्न अफरहरु पनि दिइने उनले समताखबरलाई बताए । उनका अनुसार सुटदरवारमा ब्राण्डेड कपडाहरुका कोट, पाइन्ट, स्कुल ड्रेस, व्लेजर, फेन्सी टाई, टाई क्लिप, बेहुला बेहुली लगन कपडा, शुभसाइत कपडाहरु पाईने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *