गाउँपालिकाले थाल्यो छाउपडी प्रथा हटाउने अभियान

समताखबर
  ३० फाल्गुन २०७८, सोमबार १६:१४

जुम्ला : जुम्लाको हिमा गाउँपालिका समाजमा कुप्रथाको रुपमा रहेको छाउपडी प्रथा अन्त्य सक्रिए भएर लागि परेको छ। पहिलो चरणमा छाउपडी प्रथाविरुद्धको सचेतना अभियान थालेको गाउँपालिकाले पछिल्लो समय छाउ नबार्ने परिवारलाई सम्मान गर्न थालेको छ ।

छाउपडी प्रथा समाजकै कंलक भएकाले जरैदेखि उखेल्नका लागि विभिन्न विकल्प अघि सारिएको गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले बताइ्न । महिलासँग उपाध्यक्ष कार्यक्रम मार्फत छाउपडी प्रथा जस्ता कुरीतिलाई निरुत्साहित गर्ने कार्य भइरहेको जानकारी दिँदै उनले भनिन, “छोराछोरी बीच गहिरो विभेद छ ।

छाउपडी प्रथाले समाजमा हिंसा निम्त्याइ रहेको छ । यी दुवैलाई गाउँपालिकाबाट निर्मूल पार्ने अभियान थालिएको हो । छोरीलाई छोरासरह सम्पत्ति दिने र छाउपडी हुँदा घरमै बस्न दिने परिवारलाई सम्मान पनि गरिएको छ ।”

गाउँपालिकाले छोरा समान छोरीलाई सम्पत्ति दिनेहरु जिरा रोकाया, मुगा शाही, डुगल शाही, आनन्द शाहीलाई सम्मान गरेको छ । छाउपडी प्रथा बार्ने नगरेका स्थानीयवासी खाम्बा शाही, राजबहादुर शाही र देबु सुनार पनि सम्मानित भएका छन्। भेदभावरहित समाज निर्माण अभियानमा सबैको साथ र सहयोग आवश्यक छ ।

समाज अझै छोरा जन्माउनकै लागि धेरै सन्तान जन्माउने परम्परामा बाँधिएको छ । सो कामलाई अन्त्य गर्न स्थानीय सरकार लागि परेको गाउँपालिकाकी उपाध्यक्ष रोकायाले जानकारी दिइन् ।

गाउँपालिकामै १९ जनाले छोरीलाई पैतृक सम्पति दिएको विवरण गाउँपालिकाले सङ्कलन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *