चीनमा १३३ यात्रु बोकेको जहाज दुर्घटनाग्रस्त

समताखबर
  ७ चैत्र २०७८, सोमबार १५:३८

काठमाडौं : दक्षिणी चीनमा १३३ यात्रु बोकेर उडेको एउटा विमान दुर्घटना भएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार चाइना इस्टर्न एयरलाइन्सको विमान घरेलु उडानका क्रममा दुर्घटना भएको हो ।

ग्वान्झोउको कुन्मिङबाट उडेको विमान गुआङसी प्रान्तको पहाडमा खसेको सञ्चारमाध्यमले जनाएका छन् । उक्त विमान दक्षिणी चीनको युनान प्रान्तमा १स्१५ मा र ग्वाङ्झाउमा ३स्०७ मा अवतरण हुने तालिका थियो ।

अहिले दुर्घटनास्थलमा उद्दार टोली खटिएको छ । पहाडमा बिमान खसेपछि आगो लागेका तस्वीरहरु चिनीयाँ सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । हताहतिको विवरण आइसकेको छैन । के कारणले विमान दुर्घटना भयो भन्ने पनि आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *