सिमकोटमा दैनिक उपभोग्य बस्तुको अभाव

समताखबर
  २१ चैत्र २०७८, सोमबार ०७:५४

सिमकोट : हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य सामग्रीको अभाव भएको छ । करिब एक महिनादेखि हुम्लाको सदरमुकाम सिमकोटमा नियमित रूपमा हवाई उडान नभएपछि दैनिक दिन प्रयोग गरिने सामग्रीको अभाव भएको हो ।

जिल्ला बाहिरबाट नियमित रूपमा हवाई जहाज उडान नहुँदा यो वर्ष हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजारका व्यवसायी र उपभोक्ताले विभिन्न उपभोग्य बस्तुको संकट खेप्नु परेको छ ।

दैनिक जसो उपभोग गर्ने उपभाग्य बस्तुमा तेल, चिनी, चिउरालगायतका सामग्रीको अभाव हुँदै गएको छ । गाउँबाट समान किन्न आएका उपभोक्ता बजारमा तेल, चिनीलगायतका खाद्य बस्तु नपाउँदा रित्तो हातमा घर फर्कन बाध्य भएका छन् ।

दैनिक दिन उपभोग गर्ने उपभोग्य बस्तुको हाहाकार भएपछि बजार व्यवसायी र सेवाग्राही दैनिक दिन उपभोग्य बस्तुबाट वञ्चित हुनु परेको छ ।

बजारमा फाट्टफुट्ट पाइने तेलको पनि बहुमूल्यमा बिक्री हुने गरेको छ ।

एक पोका धारा तेलको २ सय ५० र स्वस्तिक तेलको १ सय ९० रुपैयाँ लिने गरेपछि उपभोक्ताहरू समेत मर्कामा पर्दै आएका छन् ।  त्यस्तै जिल्ला बाहिरबाट आउने प्याज, टमाटर, धनियाँ, साग लगायतका तरकारीको पनि अभाव भएको छ ।

एक महिना अगावैदेखि जिल्ला सदरमुकाम सिमकोटमा नियमित रूपमा हवाई उडान नभएपछि विभिन्न सामग्रीको अभाव हुँदै आएको हो । यहाँका नागरिकले चाहेको समयमा नत कुनै पनि सामग्री उपभोग गर्न पाएका छन् नत भनेको बेला जिल्ला बाहिर आवतजावत गर्न पाएका छन् । 

शनिबार मात्रै नेपालगन्जबाट दुई तीन फ्लाइट जहाजले उडान भर्दा टमाटर, प्याज र कुखुराको मासु आयत भएको थियो । तर, पनि यहाँका व्यवसायीले नेपालगन्जको भन्दा दोब्बर मूल्यमा बिक्री गरेका छन् ।

नेपालगन्जमा मासुको ४ सय पर्ने गरेको भए पनि चैत १९ गतेदेखि सिमकोट माथिल्लो बजारमा रहेका कुखुराको मासु पसलेले एक किलोको ८ सय रुपैयाँ लिएर मनोमानित ढंगले मूल्य असुल्ने र बिक्री गरेको पाइएको छ । त्यस्तै खसिको मासुको पनि बजारमा १ हजार १ सय रुपैयाँ लिँदै आएका छन् ।

न्युज कारखाना 

Leave a Reply

Your email address will not be published. Required fields are marked *