
धनगढी : धनगढी उप–महानगरपालिकाको उप–मेयर पदमा नेपाल परिवार दलको तर्फबाट बिष्णु कुमारी बिकेले दावि गरेकी छिन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बिकेले उप–मेयर पदमा उम्मेदवारको दावि गरेको बताएकी छिन् ।
सामाजिक तथा राजनितीक क्षेत्रमा सक्रिय रहँदै आएकी बिके लामो समय देखी नेपाल परिवार दलमा आवद्ध छिन्। धनगढी उपमहानगरपालिकाको उप-मेयरमा दाबी गरेकी बिष्णु बिकेले कोभिड-१९ को समयमा उल्लेखनिय काम गरेको बताइन्।
कोभिड-१९ को समयमा होस या अन्य समयमा सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा राहतका वितरण गर्न सफल भएको बताइन् ।
जाडोमा २ हजार पिस कम्बल वितरण गरिनुका साथै २ करोड बराबरको राहत ल्याउन सफल भएको भनेकी छिन् । यस्तै स्वास्थ्य क्षेत्रमा निरन्तर २० बर्षदेखि आवद्ध बिकेले आर्थिक अवस्था कमजोर भएका बिरामीको निशुल्क उपचारको ब्यवस्था गरेको बताएकी छिन् ।
Leave a Reply