जतन मण्डलको अध्यक्षतामा १५ सदस्यीय हरवाचरवा अधिकार मञ्च गठन

समताखबर
  २९ चैत्र २०७८, मंगलवार १७:५७

महोत्तरी : महोत्तरी जिल्लाको बर्दिबासमा हरवाचरवा अधिकार मञ्चको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले जतन मण्डलको अध्यक्षतामा १५ सदस्यीय जिल्ला स्तरीय हरवाचरवा अधिकार मञ्च गठन गरेको छ ।

मञ्चको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा श्यामसुन्दर मण्डल, ममता बिश्वकर्मा, तेतरीदेबी यादब र गितादेबी मण्डल रहेका छन्। त्यसैगरी सदस्यहरुमा सामा सदा, दुलारी सदा, उर्मिला सदा, सुस्मा परियार, सबिना परियार, अरुण दाश, सुमित्रा कापड, लोथी खातुन, बेचन दाश र रन्जुदेबी मण्डल छन् ।

हरवाचरवा मुक्तिको घोषणा गरौ, न्यायपुर्ण श्रम सम्बन्ध कायम गरौ भन्ने मुल नाराका साथ आयोजना गरिएको भेलाको उद्धघाटन मधेश प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) का पोलिट ब्यूरो सदस्य रबिन्द्र बैठाले गरेका हुन् ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहेका बैठाले युगौदेखि दाशप्रथाको अबशेषको रुपमा रहेको हरवाचरवा प्रथाको पूर्ण रुपमा अन्त्य गर्न संघर्ष आवश्यक रहेको र त्यसका लागि सशक्त रुपमा अधिकारवालाको संगठन परिचालन गर्नुपर्ने बताए। उहाँले आफुपनि हरवाचरवा पृष्ठभूमीबाट यहाँसम्म आईपुगेको स्मरण गर्दै आगामी नीती तथा कार्यक्रममा हरवाचरवाका सवालहरु सम्बोधन गराउन प्रदेश सभामा जोडदार ढंगले कुरा उठाउने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रमका बिशिष्ट अतिथी राष्ट्रिय दलित नेटवर्कका केन्द्रीय अध्यक्ष संघीय सरकार भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्धारा हालै गठित हरवाचरवा, मुक्त हलिया तथा कमैया समस्या सामाधान अध्ययन समितिका बरिष्ठ सदस्य गणेश बिश्वकर्माले राज्यको संरचनात्मक  रुपान्तरण मार्फत मुलुकले संघीयता र समावेशी बिकास अवलम्बन गरिसकेको सन्दर्भमा अझैपनि दाशप्रथाको अबशेषहरु बाँकी रहनु दुखदायी भएकाले यसलाई समुल रुपमा उन्मुलन गर्न राज्यनै मुख्य जिम्मेवार हुनुपर्नेमा जोड दिए । उहाँले हरवाचरवा सवाललाई समाजको साझा एजेण्डा बनाई त्यसको सामाधानका लागि राजनितिक दलहरुले पहल कदमी लिनुपर्ने औल्याए । 

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दर्शन मण्डलले हरवाचरवाको प्रमुख माग अनुचित क्रण खारेजी सहित मुक्तिको घोषणा र न्यायिक पुर्नस्थापना भएकोले त्यसलाई सरकारले समयमै सम्बोधन नगरे मधेस प्रदेशका ८ वटा जिल्लाबाट आन्दोलनको आधीबेरी श्रृजना गर्दै  सिंहदरबार घेराउ गरिने चेतावनी दिए।

सो भेलामा द फ्रिडम फण्डका कार्यक्रम ब्यवस्थापक केभीन ग्रोम, नेपाल कार्यक्रम सल्लाहकार जियाम श्रेष्ठ, कानुनी सल्लाहकार बालाराम भट्टराई लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

जतन मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला हरवाचरवा एक्टिभीष्ट बिशेश्वर साफीले सहभागिहरुलाई स्वागत गरेका थिए भने राष्ट्रिय दलित नेटवर्कका टीम लिडर हुकुम सार्कीले कार्यक्रमको औचित्यत्ता बारे प्रकाश पारेका थिए । कार्यक्रमको संचालन राष्ट्रिय दलित नेटवर्कका जनवकालत अधिकृत सञ्जय कुमार महराले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *