सर्लाहीमा हरवाचरवा अधिकार मञ्च गठन

समताखबर
  ३० चैत्र २०७८, बुधबार १७:०५

सर्लाही : मधेश प्रदेशको सर्लाही जिल्लामा आज (बुधबार) हरवाचरवा अधिकार मञ्चको प्रथम जिल्ला भेला  सम्पन्न भएको छ । हरवाचरवाको मुक्तिको घोषणा गरौ, सामाजिक न्यायपूर्ण श्रम सम्बन्ध कायम गरौ भन्ने मुल नाराका साथ आयोजना गरिएको भेला भब्यताका साथ सम्पन्न भएको हो ।

भेलाले रामदयाल माझीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला स्तरीय हरवाचरवा अधिकार मञ्च गठन गरेको छ ।

समितिको उपाध्यक्षमा सोनीया माझी,सचिवमा रामबाबु पासवान, कोषाध्यक्षमा उपेन्द्र राम र सहसचिवमा रजरनीया माँझी चयन भएका छन् । समितिका अन्य सदस्यहरुमा मोहीचन माँझी, भागीरथ माँझी, राजकुमार माँझी, सबिता माँझी, सीतादेबी राम, कौशिल्यादेबी माँझी, कालीचरन माँझी, नथनी माँझी र देबेन्द्र राम चयन भएका छन् ।

भेलाको उद्धघाटन दलित नेता रामकेवल माँझीले गरेका थिए । अहिलेको २१ औं शताब्दीमा बिज्ञान र प्रबिधीको बिकास चरमचुलीमा पुगी सकेको सन्दर्भमा  मधेस प्रदेशको ८ वटा जिल्लामा ब्याप्त रहेको हरवाचरवा प्रथा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि दुःखत रहेको कार्यक्रमका प्रमुख अतिथि माझीले बताए ।

अहिले मुलुकमा संघीयता र समावेशी बिकासको अभ्यास भईरहेकोले हरवाचरवाहरुको समग्र मुक्ति र पुर्नस्थापनाका लागि तीन वटै सरकारले नीति तथा कानुन निर्माण गरि प्रभावकारी कार्यान्वयन गर्दै अनुगमन संयन्त्रको बिकास गर्नुपर्नेमा माझीले जोड दिए ।

कार्यक्रमका बिशीष्ट अतिथी एवं राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशन मण्डलले हरवाचरवाको अनुचित क्रणको खारेजी सहित न्यायिक पुर्नस्थापनाका लागि नेपाल सरकारले हरवाचरवाको अर्थपूर्ण सहभागिता सहित शक्तिशाली आयोग गठन गर्नुपर्ने जिकीर गरे । उहाँले भने,सरकारले जतिसक्दो छिटो हरवाचरवाको तथ्याकं संकलन, प्रमाणिकरण गरि परिचयपत्र बितरण गर्नुपर्ने, हरवाचरवालाई रोजगारीको ब्यवस्था गर्नुपर्ने, शिक्षा, स्वास्थ्यको निशुल्क ब्यवस्था गरि नीति निर्माण गर्ने तहमा हरवाचरवाको सामान सहभागिता सुनिश्चित गर्नुपर्ने बताए । 

कार्यक्रममा राष्ट्रिय दलित नेटवर्कका टीम लिडर हुकुम बहादुर सार्की, बहुजन एकता पार्टी नेपालका सर्लाही जिल्ला अध्यक्ष देबेन्द्र राम, जिल्ला हरवाचरवा अधिकार मञ्च रौतहटका अध्यक्ष बिगनेस पाशवान, जिल्ला हरवाचरवा अधिकार मञ्च महोत्तरीका सचिव ममता बिश्वकर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

रामदयाल माँझीको अध्यक्षतामा सम्पन्न भेलामा राष्ट्रिय दलित नेटवर्कका जनवकालत अधिकृत रुपनारायण पासवानले सहभागिहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथी प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला हरवाचरवा एक्टिभीष्ट सुब्बासाहेव पासवानले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *