निर्वाचनमा सीमान्तकृत समुदायको सहभागीता बिषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

लोकेन्द्र सुनार
  ४ बैशाख २०७९, आईतवार ०८:५६

प्यूठान : संचार माध्याममा दलित समुदायका व्यक्तिको उपस्थिति भएमा मात्र दलित सवालका बिषयहरु अझ बढी समाबेश हुने जागरण मिडिया सेन्टरका अध्यक्ष कमला बिश्वकर्माले बताउनु भएको छ । शनिवार प्यूठानमा स्थानीय निर्वाचनमा सीमान्तकृत समुदायको सहभागीता तथा संञ्चारको भूमिका बिषयक सञ्चारकर्मीका लागि १ दिने अभिमुखीकरण कार्यक्रममा बिश्वकर्माले स्थानीय तहको निर्वाचनमा सीमान्तकृत समुदायको उल्लेख सहभागीतामा सबै क्षेत्रले सहयोग गर्नु पर्ने बताउनु भएको छ ।

दलितलाई मात्र नभई गैर दलितलाई पनि अगाडी बढाउन संस्था हातेमालो गर्ने उल्लेख गर्नु भएको हो । जागरण मिडिया सेन्टरले पत्रकारीता क्षेत्रको तालिम संन्चालन गर्ने, सचेतना मूलक कार्यक्रम संचालन गर्ने, सन्देश मूलक रेडियो कार्यक्रम निमार्ण तथा प्रशारण गर्ने, जिङ्गल उत्पादन गर्ने, सीमान्तकृत समुदाय पिछडा बर्गको हक हितमा काम गर्ने संस्थाका अध्यक्ष बिकले बताउनु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष संजय रिजालले मानिसको धारण परिवर्तन गर्ने कुरा निकै चुनौतीपूर्ण हुने बताउनु भएको थियो । समाजमा जेलिएको जालोलाई वा अन्धबिश्वासलाई समाजबाट फाल्न अझै केही कृयाकलापहरु गर्नु पर्ने आबस्यकता रहेको बताउनु भएको हो ।

नेपालको दलित आन्दोलनलाई पत्रकारिता क्षेत्रले जस्तै राजनैतिक क्षेत्रले काम गरीदिएको भए निकै फड्को मार्ने रिजालले बताउनु भएको हो । नजिकएको निर्वाचनमा पैसाले सीमान्तकृत समुदायको मतलाई प्रभावमा पर्न सक्ने भन्दै यस बिषयमा जागरण पैदा गर्न पर्ने रिजालले बताउनु भएको थियो ।

मानिस दलित भएर बसे पछि दलितको पिडा थाहा हुने कुरा स्मरण गराउदै पत्रकार महासंघ प्यूठानका पूर्व अध्यक्ष गिरु प्रसाद भण्डारीले सबै निकायले पत्रकारहरुले उठाएका बिषयमा गम्भिर बन्न आग्रह गर्नु भएको छ । भण्डारीले कार्यक्रममा बोल्दै भन्नुभयो सीमान्तकृत समुदाय दलितहरु गरिबी शिक्षाको अभावका कारणले समाजमा धेरै समस्या भोगी रहेको कुरा बताउनु भएको हो ।

कार्यक्रममा सहभागीहरुले पछाडि परेका बर्ग समुदायको मत निर्वाचनको बेला पैसाको प्रलोभन देखाई खरिद गर्नेसम्मको काम हुने भएकाले यस्ता बिषयमा सचेत रहन सबैले भूमिका खेल्नुपर्ने बताएका थिए ।

जागरण मिडिया सेन्टरले बिगत २२ बर्ष देखी समाजका बिभिन्न बिषयमा अभियान्ताको रुपमा कार्यक्रम सञ्चालन गदै आएको छ । सीमान्तकृत समुदायको कुराहरु समेटीएका समाचारहरु न्यूज बैंकको रुपमा सग्रह गरी राखेको संस्थाले जनाएको छ । सोही कार्यक्रम जागरण मिडिया सेन्टरले नवलपरासी, दाङ्ग र प्यूठानमा गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *