‘जात्रा’ सफलतामा पिकनिक

समताखबर
  ३ पुष २०७३, आईतवार ०५:५४

शुक्रबारदेखि छैठौ हप्तामा प्रवेश गरेको चलचित्र ‘जात्रा’को सफलता साट्न यसको निर्माणपक्षले पिकनिको आयोजना गरेको छ । शनिबार गोदावरीमा आयोजना गरिएको पिकनिक कार्यक्रममा नायिका बर्षा राउत, कलाकार रविन्द्र झा, निर्देशक प्रदिप भट्टराई, निर्माता तथा कलाकार रविन्द्र सिंह बाँनिया पुगेका थिए ।

साथमा पिकनिकको रमाइलोमा चलचित्र पत्रकार पनि उपस्थित थिए । कार्यकारी निर्माता बाँनियाले चलचित्र सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन पिकनिकको आयोजना गरेको बताए ।

jatra-picni-3
सफलताको खुशीमा कलाकार विपिन कार्की भने उपस्थित थिएनन् । पिकनिक कार्यक्रममा घैटो फुटाई खेलले मनोरञ्जन थपेको थियो । गम्भिर बिषयलाई कमेडी शैलीमा प्रस्तुत गरिएको यो चलचित्र काठमाण्डौका मल्टिप्लक्समा चलिरहेको छ । केहि हलमा यो चलचित्रले ५१ दिन मनाउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *