
बारा : आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको सरगर्मी बढेसंगै बिभिन्न दलहरु चुनावी प्रचारमा जुटेका छन् ।
उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिएसंगै नगरपालिका प्रमुख उपप्रमुख गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगाएतका पदहमा उम्मेवार टुंगो लगाउन प्रमुख दलहरुलाई हम्मेहम्मे परि रहेको छ । उम्मेदवारका लागि धेरै आकांक्षी भएका कारण दलहरुलाई उम्मेदवार टुंगो लगाउन हम्मेहम्मे परेको हो ।
दलहरुलाई उम्मेवारको टुंगो लगाउन सकस परि रहेका बेला नेकपा एमालेले भने बाराको निजगढ नगरपालिका उपप्रमुखमा अञ्जु नेपालीको नाम सिफारिस गरेको छ ।
मधेश प्रदेशबाट पहिलो दलित महिला उपमेयरको रुपमा एमाले निजगढ नगर कमिटिले नेपालीको नाम नाम सिफारिस गरेको हो ।

नगर कमिटिले निजगढमा सामाजिक र राजनितिमा सक्रिय रहेका ब्यक्तिहरुको नाम छनौट गर्ने क्रममा नेपाली सहित उपप्रमुख पदमा दुर्गा कोइराला, मिरा पोखरेल, शोभा राउत, शर्मिला केसी, सरिता सापकोटा, सरिता राई, सोममाया थिङ्ग, तिलक घलान र गणेश लामाको नाम सिफारिस गरेको बताइएको छ।
करिब तीन दशकदेखी शिक्षण पेशामा संलग्न रहेकी नेपाली राजनीतिमा पनि निरन्तर संक्रिए रहेका कारण अन्य उम्मेदवारको तुलनामा बलियो उम्मेदवाको रुपमा हेरिएको बताईएको छ।
करिव १६ सय नेकपा एमालेको सगठित सदस्यहरु रहेको निजगढ नगरपालिकामा करिव २५ सय भन्दाबढी दलित समुदाय मतदाता संख्या छन् ।
Leave a Reply