एमालेबाट दिपायल सिलगढी नगरपालिकाको मेयरको उम्मेदवार अधिबक्ता लक्ष्मण मलासी

समताखबर
  ११ बैशाख २०७९, आईतवार १०:५७

धनगढी : नेकपा एमालेले डोटीको दिपायल सिलगढी नगरपालिकाको मेयरको उम्मेदवार अधिबक्ता लक्ष्मण मलासीलाई बनाउने निर्णय गरेको छ ।

लोकप्रिय युवा नेताका रुपमा परिचित मलासीलाई एमालेले बलियो उम्मेदवारको रुपमा अघि सारेको हो । उपमेयर पदमा भने रुपा कठायतलाई उम्मेदवार बनाएको नेकपा एमाले जनाएको छ । बिद्यार्थी राजनीतिदेखी एमालेको राजनीतिमा सक्रिय मलासी लोकप्रिय,शालिन र भद्र नेताको रुपमा परिचित छन् ।

इमान्दार,स्वच्छ छविका नेता मलासी एमाले डोटी काठमाडौं सम्पर्क मंचको नेतृत्वमा रहदादेखी अहिलेसम्म काठमाडौंमा अध्ययनरत डोटीका विद्यार्थीहरुलाई शिक्षा र रोजगारीमा सहयोग गर्दै आएका छन् ।

आफूलाई अप्ठेरो परेका बेला सहयोग गर्ने ईमान्दार पढेलेखेको गरिबको छोरोले मेयरको टिकट पाएको भन्दै नगरबासीहरु निकै खुसी छन् । यसअघि दिपायल सिलगढी नगरपालिकामा जित हासिल गरेको एमालेले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पनि सजिलै जित्न सकिने बताइको छ । एमाले विभाजनको असर डोटीमा खासै नपरेको कारण जित्न सकिने स्थानीय नेताहरु बताउँछन् ।

डोटीको दिपायल सिलगढी नगरपालिका-६ थापला गाउँमा सामान्य किसान परिवारमा जन्मेका ४६ बर्षिय मलासीले नेपाल ल क्याम्पस काठमाडौंबाट कानूनमा स्नातक र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *