पाँच दलीय गठबन्धनको निर्णयअनुसार उम्मेदवारी दर्ता गर्न निर्देशन

समताखबर
  १२ बैशाख २०७९, सोमबार १४:१४

काठमाडौँ : सत्तारुढ गठबन्धनले पाँच दलीय गठबन्धनको निर्णय अनुसार उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मनोनयन दर्ता गर्दा गठबन्धनले गरेको निर्णय अनुसार गर्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएको हो । 

बैठकले गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउनका लागि आ–आफ्नो दलको संयन्त्रमार्फत् निर्देशन दिने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनले देशैभरी पाँच दलको एउटै उम्मेदवार हुने बताए ।  उनले निर्णयलाई पालना गरेर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

मन्त्री कार्कीले गठबन्धनको निर्णय विपरित उम्मेदवारी दर्ता गराउनेहरूलाई पनि सहमतीमा ल्याउने बताए ।  सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उनले उम्मेदवार छनौटको सम्बन्धमा नेपाली कांग्रेसभित्र कुनै समस्या नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *