
कंचनपुर : कंचनपुरको बेदकोट नगरपालिका-४ नं. वडा अध्यक्षमा राजुराम सार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सोमवार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर भुलले वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
बाजागाजा र रयालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका भुलले भ्रष्टाचार मुक्त समृद्ध वडा निर्माणका लागि आफूले वडा अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । आफूलाई वडाबासीले मत दिएर जिताउने समेत उनले बताए ।
चुनावको बेला झूटा आस्वासन दिएर मतदाता प्रभावित गराउने उम्मेदवारबाट सचेत बन्न अनुरोध गर्दै उनले आफू मतदातालाई ठुला सपना नबाड्ने बताए । वडाको विकास र समृद्धिका लागि आफ्नो क्षमता अनुसारको काम गर्ने उनले प्रतिबद्धता जनाए ।
बेदकोट नगरपालिका-४ वैतडा निवासी भुल बौद्धिक व्यक्तिका रुपमा परिचित छन् । बलियो उम्मेदवारको रुपमा रहेका भुललाई नेकपा माओवादी केन्द्रले उपेक्षा गरेपछि हिजैमात्र माओवादी केन्द्र परित्याग गरेका थिए । माओबादी पार्टीमा दलितलाई सधै उपेक्षा गर्ने गरिएका कारण आफुले पार्टी परित्याग गरेको उनले बताए ।
Leave a Reply