डिप्रेसन भएको कसरी थाहा पाउने ?

समताखबर
  १४ श्रावण २०७९, शनिबार ०७:१२

एजेन्सी : डिप्रेसन मानसिक रोग हो । डिप्रेसन भएमा नकारात्मक सोच पलाउने, दिक्दारीपना बढ्ने, निराश हुने, केही गर्न सक्दिनँ भन्ने धारणा पलाउने र मृत्यु प्रिय लाग्नेजस्ता समस्या देखिन्छन् । पछिल्लो समय युवामा डिप्रेसनको समस्या बढ्दो छ । डिप्रेसन कसरी चिन्ने त ? केही महत्त्वपूर्ण बुँदा:

समाजमा मानसिक स्वास्थ्यप्रति गलत धारणा हुनु, स्वास्थ्यबारे जानकारीको अभाव, गरिबी आदि कारण मानसिक रोगलाई बेवास्ता गरिन्छ । यसले गर्दा उनीहरूमा डिप्रेसन बढ्दै जान्छ । डिप्रेसनका विभिन्न लक्षण देखापर्छन् । रोग थप बढ्न नदिन लक्षण देखापर्नासाथ मनोविद् तथा मनोचिकित्सकको सल्लाह लिन सकेमा पछि आउने समस्याबाट बच्न सकिन्छ ।

जोसुकैलाई डिप्रेसन हुन सक्ने भएता पनि विशेषगरी युवा वर्ग यसबाट तुलनात्मक रूपमा बढी पीडित भएको पाइन्छ । उदास हुने, रुने, जुनसुकै विषयमा पनि चिन्ता व्यक्त गर्नेजस्ता लक्षण  अधिकांशमा देखिन्छ ।

 बिस्तारै भोक कम लाग्ने, खान मन नलाग्ने हुनुका साथै बिस्तारै तौल  घट्दै जान्छ ।

बच्चामा मनपर्ने गतिविधिमा बिस्तारै सुस्तता आउन थाल्छ  । उनीहरूले रुचिका कुरा गर्न छाड्छन् । व्यवहारमा दिन–प्रतिदिन परिवर्तन आउने गर्छ । शारीरिक रूपमा समेत कमजोर हुँदै जान्छन् । कुनै एक ठाउँमा ध्यान केन्द्रित गर्न सक्दैनन् ।

मुडमा एक्कासि परिवर्तन देखापर्छ । आपराधिक गतिविधिमा संग्लन हुने, असहाय र एक्लोपन महसुस हुने हुन्छ । कतिपयमा आत्महत्याको भावनासमेत पलाउँछ ।

साथी सर्कल र पारिवारिक भिडभाडबाट टाढा बस्न रुचाउँछन् । जसले गर्दा उनीहरूका सम्बन्ध बिग्रँदै  जान्छन् । 

बालबालिका तथा युवामा यस्ता लक्षण देखापरेमा तुरुन्त चिकित्सकको सम्पर्कमा लैजानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *