
धनगढी : सामूहिक बलात्कार गरेको आरोपमा कञ्चनपुरमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। असार २३ गते २० वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा शनिबार प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–९ को ख गाउँका सुशील विष्ट, पृथ्वी भाट क्षेत्री, लक्ष्मण सुनार र बीओपी बीचफाँटामा कार्यरत सशस्त्र प्रहरी जवान यमप्रसाद जैशी रहेका छन।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार युवतीसँग प्रेम सम्बन्धमा रहेका भनिएका सुशील विष्टले युवतीलाई फकाई मोटरसाइकलमा राखेर उखुबारीमा लगेको त्यहाँ अन्य तीन जनाले समेत बलात्कार गरेको किटानी जाहेरी परेको थियो।
पक्राउ परेकाहरुलाई करणीसम्बन्धी कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
तस्बिर : गुगलबाट
Leave a Reply