बादी समुदायका जनप्रतिनिधी सम्मानित

समताखबर
  ४ श्रावण २०७९, बुधबार १२:५८

बाँके : सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपाल बाँकेले हालै सम्पन्न स्थानीय निर्वाचनमा निर्वाचित बादी समुदायका जनप्रतिनिहरुलाई सम्मान गरेको छ ।

साउन ३ गते (मंगलबार) देखी ५ गतेसम्म संचालन गरिएको निर्वाचन शिक्षा शिक्षक तालिमको उद्धघाटन समारोहमा बधाई तथा सम्मान कार्यक्रम गरी जनप्रतिनिहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र कुमार चौधरी र कार्यक्रमका सभाध्यक्ष एवं कमिट नेपालका अध्यक्ष प्रकाश बादीले संयुक्त रुपमा दोसल्ला ओडाएर सम्मान पत्रसहित सम्मान गरेका हुन् । 

सम्मानित हुनेहरुमा चौरजहारी नगरपालिका पश्चिम रुकुमका  नगर प्रमुख पुष्प बादी (बसन्त),जिल्ला समन्वय समिति पश्चिम रुकुमका सदस्य गीता नेपाली, छेडागाड नगरपालिका-९ जाजरकोटका वडा अध्यक्ष गोपाल नेपाली,भेरी नगरपालिका जाजरकोटका कार्यपालिका सदस्य डोटे नेपाली बादी,राजापुर नगरपालिका बर्दियाका कार्यपालिका सदस्य रजनी नेपाली, दंगीशरण गाउँपालिका दाङका कार्यपालिका सदस्य सितारा नेपाली,बाँफिकोट गाउँपालिका पश्चिम रुकुमका कार्यपालिका सदस्य मन बहादुर बादी,शिवालय गाउँपालिका जाजरकोटका कार्यपालिका सदस्य शेर बहादुर नेपाली, कुसे गाउँपालिका जाजरकोटका कार्यपालिका सदस्य जनका नेपाली,भगवतीमाई गाउँपालिका दैलेखका कार्यपालिका सदस्य रेशम बादी रहेका छन् ।

त्यसैगरी अन्य सम्मानित हुनेहरुमा लम्की चुहा नगरपालिका वडा नं.-३ कैलालीका वडा सदस्य रञ्जिता नेपाली,छबेश्वरी गाउँपालिका वडडा नं.-६ सल्यानका वडा सदस्य सागर नेपाली,राजापुर नगरपालिका वडा नं.-४ बर्दियाका वडा सदस्य पुनम नेपाली, नेपालगंज उपमहानगरपालिका वडा नं.-९ बाँकेका वडा सदस्य मिना नेपाली,नेपालगंज उपमहानगरपालिका वडा नं.-७ बाँकेका वडा सदस्य कल्पना नेपाली,ठाकुर वावा नगरपालिका वडा नं.-३ जुरपानी बर्दियाका वडा सदस्य संगम नेपाली, वारवर्दिया नगरपालिका वडा नं.-१ नारायणपुरका वडा सदस्य लक्ष्मी नेपाली,सिम्ता गाउँपालिका वडा नं.-६ सुर्खेतका वडा सदस्य  सुक्री बादी,दुल्लु नगरपालिका वडा नं.-१ दैलेखका वडा सदस्य देवीसरा बादी रहेका छन् । 

कार्यक्रममा बिशिष्ट अथिति नेपालगंज उपमहानगरपालिकाका नगर प्रमुख  प्रसान्त बिष्ट र चौरजहारी नगरपालिका पश्चिम रुकुमका  नगर प्रमुख पुष्प बादी थिए । अन्य अथितीहरुमा,राष्ट्रिय मानब अधिकार आयोग बाँकेका प्रमुख झंकर रावल, जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्त,गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह,दलित गैर सरकारी संस्था महासंघका केन्द्रिय कोषाध्यक्ष  बुद्ध सुनार, इन्सेक लुम्विनी प्रदेश प्रमुख,डेक नेपालका अध्यक्ष हरिकला थापा, राष्ट्रिय बादी संजालका केन्द्रीय अध्यक्ष केशव नेपाली,मानब अधिकार शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपाली, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रममा कमिट नेपालमा कार्यरत  सुशिला नेपालीले स्वागत मन्तब्य राखेकि थिइन् । भने कार्यक्रमको उद्देश्य बारे राष्ट्रिय बादी संजालका केन्द्रीय अध्यक्ष एवं कमिट नेपालका कार्यकारी निर्देशक केशव नेपालीले प्रकाश पारेका थिए ।

कार्यक्रममा अथितिहरुले ऐतिहासिक रुपमा पहिलो पटक बादी समुदायको नगर प्रमुख सहित बिभिन्न पदमा निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै यो हामी सबैका लागि खुसीको कुरा भएको र बल्ल नेपालमा सामाजिक न्यायको सिद्धान्त अनुसार समावेशीता तिर गएको महशुस भएको कुरा ब्यक्त गरेका थिए । तीन दिनसम्म संचालन हुने निर्वाचन शिक्षा शिक्षक तालिमले सहज रुपमा कार्य सम्पन्न गर्नका लागि थप मदत पुग्नेमा जोड दिएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *