निर्वाचन शिक्षा तालिम सम्पन्न

समताखबर
  ६ श्रावण २०७९, शुक्रबार १०:४६

बाँके : सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपाल बाँकेले गत ३ गते (बुधबार) देखी संचालन गरेको तीन दिने निर्वाचन शिक्षा तालिम सम्पन्न भएको छ । स्थानीय निर्वाचन २०७९ मा निर्वाचित बादी समुदायका जनप्रतिनिहरु र बादी अगुवाहरुलाई लक्षित गरी संचालन गरिएको तालिम बिहिबार सम्पन्न भएको हो ।

उक्त तालिममा मानब अधिकार र निर्बाचन प्रणाली, निर्बाचन प्रणालीमा उम्मेदवारको योग्यता, निर्वाचन सम्बन्धी कानुनी प्रावधान, मतदाता र निर्वाचन शिक्षा, सामुदायिक नेतृत्व र जिम्मेवारी, निर्वाचन प्रक्रियामा बादी समुदायको पहुँचका लागि पैरवी र लविङ, बादी समुदायको सहभागिता र परिचालन, चुनावी प्रक्रियामा बादी समुदायको सहभागीता र समाबेशीता लगाएतका बिषयमा  सहभागीहरुबीच व्यापक छलफल गरिएको आयोजकले जनाएको छ ।

तालिमको सहजीकरण राष्ट्रिय बादी संजालका केन्द्रीय अध्यक्ष केशव नेपाली, उपाध्यक्ष निर्मल नेपाली, राष्ट्रिय मानब अधिकार आयोग बाँकेका प्रमुख झंकर रावल, एडभोकेशी फोरमका प्रमुख बसन्त गौतम, जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमा पन्त, गैरसरकारी संस्था महासंघ बाँके शाखाका अध्यक्ष नमस्कार शाहले गरेको बताइएको छ ।

तालिमको मुख्य सहजकर्ता निर्मल नेपाली थिए । कमिट  नेपालका अध्यक्ष प्रकाश बादीको अध्यक्षता सम्पन्न तालिममा सहभागिहरुलाई अध्यक्ष नेपालीले प्रमाण पत्र वितरण गरेका थिए ।

११ जना महिला र १२ जना पुरुष गरी २३ जना सहभागि रहेको तालिमको समापनका क्रममा सहभागिहरुले आआफ्नो जिल्लामा रहेका बादी समुदायका मुख्यमुख्य समस्याहरुको पहिचान गरी आफ्नो कार्यकालसम्म गरिने क्रियाकलापको कार्ययोजना निर्माण गरेका थिए । 

तालिम आफूहरुका लागि निकै महत्वपूर्ण भएको र यसले कार्यक्षेत्रमा काम गर्न उर्जा प्राप्त भएको सहभागीहरु बताउँछन् ।  तालिम आयोजना गरेकोमा कमिट नेपाललाई धन्यबाद दिदै आगामी दिनमा पनि तालिम मार्फत बादी समुदायका निर्वाचित जनप्रतिनिको क्षमता अभिबृद्धि गरिनु पर्ने सहभागीहरुले सुझाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *