
काठमाडौं : अविरल वर्षापछि आएको पहिरोका कारण लमजुङ र नुवाकोटामा सडक अवरोध भएको छ ।
लमजुङको बेसिशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा शुक्रबार बिहान पहिरो जाँदा डुम्रे–बेसिशहर सडकखण्ड अवरोध भएको छ ।
अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका–६ गुर्जेभन्ज्याङस्थित टोखा–छहरे सडकमा शुक्रबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।
अस्थायी प्रहरी पोष्ट गुर्जेबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
न्युज कारखाना
Leave a Reply