कर्मचारी निकालिएको विरोधमा प्रदर्शन

समताखबर
  ६ श्रावण २०७९, शुक्रबार १४:२९

भैरहवा : रुपन्देही मर्चवारी गाउँपालिकामा कर्मचारी निकालिएको भन्दै विरोध प्रदर्शन गरिएको छ । गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरईले साविकका जनप्रतिनिधिले नियुक्त गरेका कर्मचारीको ठाउँमा नयाँ कर्मचारी नियुक्त गर्न खोजेको भन्दै स्थानीय, करारका कर्मचारी तथा पूर्वजनप्रतिनिधिहरूले  शुक्रबार प्रदर्शन गरेका हुन् ।

५ वर्षदेखि सेवा गर्दै आएका पालिकास्तरका २८  जनालाई कर्मचारीलाई हटाउन खोजेको भन्दै गाउँपालिक अध्यक्ष र प्रशासकीय अधिकृतविरुद्ध प्रदर्शन गरेको निवर्तमान पालिका अध्यक्ष केशव नन्द बनियाले बताए ।

प्रदर्शनकारीले कार्यालय अगाडि टायर बालेर नाराबाजी गरेका छन् ।

न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *