गायिका भावना आचार्यको तीज गीत ‘चट्ट रातो सारीमा देखिन्छु रे परी म’

समताखबर
  ९ श्रावण २०७९, सोमबार १७:२२

काठमाडौं : गायिका भावना आचार्यको ‘चट्ट रातो सारीमा देखिन्छु रे परी म’ बोलको तीज गीतको भिडियो सार्वजनिक गरिएको छ । 

हिन्दू नारीहरूको महान् पर्व तीजलाई लक्षित गरी गायिका भावनाले सार्वजनिक गरेको भिडियोमा उनकै शब्द सृजना र संगीत छ । जसमा भावनालाई अभिनयमा मनिता खुलालले साथ दिएका छन् ।

भावना र मनितासहित अशोक धिताल र दिलीप ओखेडाको अभिनय रहेको भिडियोमा गम्भीर विष्टको निर्देशन तथा मुकेश हुमागाईंको छायांकन छ । भिडियोमा कविता तोलंगीको मेकअप छ ।

नविन निरौलाले सम्पादन गरेको भिडियो गायिका स्वयंकै अफिसियल च्यानलबाट बजारमा आएको हो । यसअघि भावनाका बग्ने खोला, मुलको पानी, बोल्दैन फोटो, लगायतका गीतहरुले राम्रो चर्चा बटुलेका थिए ।

भिडियो लिंक : https://www.youtube.com/watch?v=87F-q0HV5-0

न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *