अनुभव आदान-प्रदान बैठक सुरु

समताखबर
  १० श्रावण २०७९, मंगलवार १६:५४

लाहान : हरवाचरवा सञ्जाल र हरवाचरवाको अधिकारका क्षेत्रमा कार्यरत संस्थाहरुको सहभागीतामा दुई दिने अनुभव आदान प्रदान बैठक लाहानमा सुरु भएको छ ।

हरवाचरवा मुक्तिका लागि सञ्चालन गरिएका क्रियाकलाप,उपलब्धी,चुनौती तथा सुधारका क्षेत्र पहिचान गरि आगामी दिनमा अगाढी बढ्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको हो । बैठकमा हालै नेपाल सरकारले हरवाचरवा मुक्तिको घोषणा गरेकोमा धन्यबाद दिदै तत्काल पुनःस्थापनाको कार्य गर्न समेत आग्रह गरेको छ ।

उक्त बैठकमा हरवाचरवा मुक्तिको पृष्ठभुमि, मुक्तिको आधार,अवसर,चुनौतीका बिषयमा बाँधा मजदुर अभियानकर्मी अधिबक्ता बालाराम भट्राईले सहजीकरण गरेका थिए भने संयुक्त रणनीतिको बिषयमा फ्रिडम फन्डका सल्लाकार जियम श्रेष्ठले सहजीकरण गरेका थिए । अधिबक्ता भट्राईका अनुसार मधेश प्रदेशका ८ जिल्लाका हरवाचरवाका नेतृत्व र द फ्रिडम फण्डका साझेदारहरु सहभागी उक्त बैठक दुई दिनसम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *