सकारात्मक सोचले डिप्रेसनबाट बच्न सकिन्छ

समताखबर
  ११ श्रावण २०७९, बुधबार ०७:३०

काठमाडौं : व्यक्तिको सोचाईले उसको जीवनस्तर निर्धारण गर्दछ । सोच धेरै प्रकारका हुन्छन् जसमा काम चलाउ, दीर्घकालीन, अल्पकालीन, क्षणिक वा विविध प्रकारका हुन्छन् ।

कुनै कुनै व्यक्तिमा म यो गरीछाड्छु भन्ने हुन्छ भने कोही व्यक्तिमा त्यस्तो योजना नै हुँदैन । आजको आवश्यकता कसरी पूरा गर्ने भन्नेमा मात्रै उनीहरुको ध्यान केन्द्रीत हुन्छ । व्यक्तिको मानसपटलमा आएका विचार जे जस्ता भए पनि सकारात्मक हुनु जरुरी छ । दैनिक जीवनयापन सुखद्–दुखद् जे जस्तो भए पनि हरेक मानिसले आफ्नो गुजारा चलाएकै छन् ।

मानव सभ्यताको विकासक्रमसँगसँगै विविध प्रकारका विचारहरु देखापर्न थाले । जसमा आर्थिक, नैतिक, व्यवसायिक, पारदर्शी, स्वार्थी, सहयोगी आदि । तिनै विचारहरुलाई दुई खण्डमा विभाजन गरी सकारात्मक र नकारात्मक सोचको व्याख्या गरिएको हो ।

सकारात्मक विचार भनेको जहिले पनि राम्रो देख्ने हुन्छ त्यो भनेको धेरैले हिलोलाई घृणा गर्दछन्, मन पराउँदैनन् तर त्यही हिलोमा फुलेको कमलको फुल सबैले मन पराउँछन् । सकारात्मक र नकारात्मक भनेको यही हो । हरेक कुरामा सकारात्मक र नकारात्मक सोच रहेको हुन्छ । हामीले कुनलाई प्राथमिकता दिने भन्ने सोच नै प्राथमिकताको कुरा हो ।

सकारात्मक सोच व्यक्ति, समाज, राज्य तथा आर्थिक विकासको पूर्वाधार हो भने नकारात्मक सोचले विनास निम्त्याउँछ भने आफ्नो चरित्र पनि नकारात्मक नै बनाउँछ । जुन देशमा विकास भएको छ त्यो सकारात्मक सोचकै कारण सम्भव भएको हो ।

हामीले पनि सकारात्मक सोचलाई व्यवहारमा ल्याउनु पर्दछ । प्रगति, उन्नति, विकास निर्माण सबै सकारात्मक सोचको नतिजा हो । सकारात्मक सोचको अभ्यास दैनिक गर्नुपर्छ । जसले मानसिकता नै ऊर्जासिल बनाई कर्म, आचरणमा सुधार ल्याई मानिसलाई ज्ञानी बनाइदिन्छ । कागतीको विरुवा रोपेर स्याउको अपेक्षा गर्नु नकारात्मक सोच हो ।

सकारात्मक सोचका लागि निम्न कुराहरु ध्यान हिनुहोला :

–स्वास्थ्यमा ध्यान दिने । नियमित व्यायाम गर्ने । विहानको चिसो हावामा हिड्ने आदि ।

– विहानको समयमा एक घण्टा व्यवसाय,नोकरी अन्य कुनै पनि कुराको बारेमा नसोच्ने । अर्थात दिमागलाई शान्त बनाउने ।

– खानपानमा ध्यान दिने । ज्यादै धेरै र ज्यादा कम भन्दा पटक पटक थोरै खाईरहने । पानीको मात्रा मिलाएर पिउने ।

– स–सान काम गर्दा पनि त्यो कामसँग आनन्द लिने ।

– कसैको इष्र्या र डाहा नगर्ने ।

– आफ्नो काममा नै मस्त हुने ।

– बढि महत्वकांक्षी नहुने ।

– आफ्नो क्षमताको आधारमा बाँच्न सिक्ने।

– देखासिखिमा आफ्ना आवश्यकता नबढाउने ।

– आफुसँग भएका र रहेका चिजबाट थप केही सिर्जन गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *