“२८ औँ प्रकाश मानव अधिकार पुरस्कार” मुक्त हलिया अभियन्ता राजुराम भुललाई

समताखबर
  १४ श्रावण २०७९, शनिबार १७:०९

काठमाडौं : २८ औं प्रकाश मानवअधिकार पुरुस्कारबाट मुक्त हलिया अभियान्ता राजुराम भुल सम्मानित हुने भएका छन् । नेपाली समाजमा जातीय विभेद,शोषण, उत्पीडन, र मानवअधिकारको रक्षाका लागि करिब तीन दशकदेखी क्रियाशिल दशरथचन्द नगरपालिका–४ का राजुराम भुललाई “२८ औँ प्रकाश मानव अधिकार पुरस्कार” बाट सम्मानित हुने भएका हुन् ।

उनको योगदानको उच्च मुल्याकंन गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) ले आगामी साउन १६ गते काठमाण्डौंमा एक औपचारिक कार्यक्रम मार्फत उहाँलाई सम्मान गर्न लागेको हो । 

हलिया मुक्तिका लागि हलो बोकेर सिंहदरवार घेराउ गरेका उनको संघर्षका कारण २०६५ भदौं २१ गते नेपाल सरकारले उनकै नेतृत्वमा राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालसंग ५ बुदें सम्झौतामा हस्ताक्षर गरेर हलिया मुक्तिको औपचारिक घोषणा गरेको थियो ।

इन्सेकका संस्थापक महासचिव स्व। प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो ।

नेपालको मानव अधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिकलगायतका क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तित्वलाई “प्रकाश स्मृति दिवस” को अवसर पारेर पुरस्कृत गर्ने गरिन्छ । यो पुरस्कारबाट यसअघि २७ जना सम्मानित भइ सकेको इन्सेकले जनाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरको प्रमुख आतिथ्यमा साउन १६ गते काठमाडौँमा आयोजित कार्यक्रममा भुललाई सम्मान गर्ने इन्सेकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका पुर्व केन्द्रीय अध्यक्ष, दलित भूमी अधिकार युनियनका सुदूरपश्चिम प्रदेश संयोजक भुल राष्ट्रिय कृषी बधुवा मजदुर संघर्ष समितिका सह संयोजक हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *