राप्ती सोनारी र बारबर्दियामा कार्यशाला सम्पन्न

समताखबर
  १५ श्रावण २०७९, आईतवार ०८:५०

बाँके : सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालद्धारा आयोजित कार्यशाला सम्पन्न भएको छ ।

बादी समुदायको आत्मसम्मानका साथै सामाजिक न्याय स्थापनाका लागि गठन गरिएको समुह तथा संजालको क्षमता विकास गर्ने उदेश्यले आयोजना गरिएको कार्यशाला सम्पन्न भएको हो ।

कार्यशाला यही १० गते बाँकेको राप्ती सोनारी गाउँपालिका र १२ गते बर्दियाको बारबर्दिया नगरपालिका आयोजना गरिएको बताइएको छ । कार्यशालामा करुणा महिला समुह, स्थानिय पैरवी समुह तथा महिला संजालका ५७ जनाको सहभागिता रहेको थियो ।

उक्त कार्यशालामा बिगत एक बर्षमा समुह तथा संजालले गरेका असल उपलब्धी,समस्या,चुनौती र असल अभ्यासको बारेमा समिक्षा गरिएको आयोजकले जनाएको छ ।

कमिट नेपालका अध्यक्ष प्रकाश नेपालीले समूह तथा संजाललाई प्रभावकारी रुपमा चलायमान बनाउनुका साथै गतिशिलताका लागि समुह, संजालले महत्वपूर्ण भुमिकाका निर्वाह गर्नुपर्ने लगाएत महत्वपूर्ण बिषयमा छलफल गरेका थिए ।

स्थानिय तहमा बादी समुदायको पहुँच स्थापित गर्न समूह तथा संजालले योजना प्रक्रियादेखीनै चासो बढाउनु पर्ने बारेमा छलफल गरिएको थियो । छलफलका क्रममा सहभागीहरुले बिगतका चुनौती, सिकाई तथा उपलब्धीको मध्यनजर गर्दै आगामी बर्षको कार्ययोजना निर्माण गरि यसको पूर्ण रुपमा कार्यान्वय गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यशाला निकै उपलब्धीमूलक भएको र यसले थप कार्य गर्न हौसला प्रदान गरेको सहभागिहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *