बसको ठक्करबाट घाइते अनिताको उपचार हुँदै

समताखबर
  १५ श्रावण २०७९, आईतवार १४:१५

धनगढी : कंचनपुरको बेदकोटबाट घर फर्कने क्रममा दुर्घटनामा परेकी धनगढी उपमहानगरपालिका-४ बसपार्ककी ३१ बर्षिया अनिता श्रेष्ठ (कर्माचार्य) को धनगढीस्थित धर्म रुद्र अस्पतालमा भई रहेको छ ।

ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको आर्थिक सहयोगमा राष्ट्रिय दलित नेटवर्कद्धारा सञ्चालित सुरक्षा आवास परियोजनाकी सामाजिक परिचालक श्रेष्ठ फिल्डको काम सकेर फर्कने क्रममा गत साउन ६ गते दिउँसो ४ः४५ बजे अत्तरिया नजिकैको चौकीडाँडामा दुर्घटनामा परेकी हुन् । द्रुत गतिमा महेन्द्रनगरबाट अत्तरिया तर्फ आउँदै गरेको बसले उनको स्कुटरलाई छुन खोज्दा उनी सडक छेउमा हाम फालेर जोगिएकी थिइन् ।

बेदकोट फिल्डबाट फर्कदै थिए,स्कुटर विस्तारै चलाई रहेको थिए त्यही बेला एक्कासी द्रुत गतिमा आईरहेको बसले स्कुटरको पछाडी ठक्कर दिदा स्कुटर अनियन्त्रित भई सडक भन्दा करिब ५० मिटर तल खसेर ढुंगामा ठोक्किएको घाइते अनिताले समताखबरलाई बताइन् । उनका अनुसार सडक छेउमा बसेकाहरुले लडेको घाइते अबस्थामा देखेपछि स्थानीय बन कार्यालयको गाडीमा उपचार गर्न अत्तरिया अस्पताल लगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *