‘नेपाली भाषा त बिर्सनु हुन्‍न’ बोलको गीतमा देशप्रेम

समताखबर
  १६ श्रावण २०७९, सोमबार १५:४८

काठमाडौँ : ‘नेपाली भाषा त बिर्सनु हुन्न’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सिक्किमका पूर्व मुख्यमन्त्री डा.पावन चाम्लिङको उपस्थितिमा भिडियो रिलिज गरिएको हो । 

अमेरिकाको ओहायो राज्यको एक्रोन सिटीमा नेपाली बालबालिका र नेपाली समुदायको बीच परिचित हिमालय म्युजिक एकेडेमीको प्रस्तुतीमा तयार भएको गीतले नेपालबाट जो कोही नेपाली टाढा टाढा जति टाढा गए पनि नेपाली भाषा र संस्कृतिलाई बिर्सन नहुने सन्देश सार्वजनिक गीतले दिएको छ । 

बाल गायक अमिर गजमेरको स्वर रहेको गीतमा अमिरलाई रिया थुम्बापो, कृसोन घतानी, प्रिस्किला शंकरले स्वरमा साथ दिएका छन् । आइतराज थुम्बापोको शब्द सृजना तथा संगीत रहेको गीतमा किशोर थापाको मिक्सिङ एण्ड मास्टरिङ रहेको छ भने पुष्प गजमेरको संगीत संयोजन छ ।  रमेश दियालीको डेब्यू निर्देशन रहेको भिडियोको छायांकन  सुरेन्द्रमान सिंहले गरेका हुन् ।

भिडियो लिंक : (295) Nepali Bhasa ta Birsinu Hunna (नेपाली भाषा त बिर्सनु हुन्न)|| New Kids’ Music Video 2022|| – YouTube

न्युज कारखाना



Leave a Reply

Your email address will not be published. Required fields are marked *