सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गर्‍यो : शंकर पोखरेल

समताखबर
  १६ श्रावण २०७९, सोमबार १७:२५

काठमाडौं : एमाले महासचिव शंकर पोखरेलले देशहित विपरीत नागरिकता विधेकय पास गरिएको आरोप लगाएका छन् ।

एमालेले सोमबार महंगी र भ्रष्टाचारको विरोधमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको आरोप लगाए । 

नागरिकता विधेयकमा अङ्गीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था अनुरूप हुनुपर्नेमा सत्ता टिकाउने नाममा देशहित विपरीतको व्यवस्था गरेकोमा एमालेको आपत्ति रहेको उनको भनाइ छ ।

अंगीकृत नागरिकताका हकमा नेपाल र भारतमा समान कानुनी व्यवस्था हुनुपर्ने उनले बताए ।

मुलुकको अर्थतन्त्र ओरालो यात्रामा रहेको बताएका महासचिव पोखरेलले सबै आर्थिक सूचक नकारात्मक रहेका जानकारी दिए । न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *