कैलाली र कंचनपुरका राना थारुले मनाए तीज

रुक्मणी परियार
  १८ श्रावण २०७९, बुधबार १६:२८

धनगढी : सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका राना थारु समुदायले तीज पर्व धुमधामका साथ मनाएका छन् । राना थारु समुदायको सबैभन्दा ठूलो तीज पर्व गत १५ गते (आइतबार) धुमधामसंग मनाएका हुन ।

महिला दिदीबहिनीहरुले आफ्ना दाजुभाई, भतिजको दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन रहेको छ । राना थारु समुदायका महिला तीज पर्वमा निराहार व्रत बस्ने र व्रतालुहरु सोही दिन बेलुका नदीमा गएर पूजाको सामग्री सेलाएपछि तीज सकिन्छ ।

व्रत समाप्तीपछि सिमही, पुरी तरकारी, पकौडा,गुलगुला, कटरा लगायतका परिकार खाने चलन रहेको धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँकी लालमती रानाले बताईन ।  ‘तीज हामी राना समुदायको सबैभन्दा ठूलो पर्व हो’, उनले भनिन्, हरेक बर्ष ‘हामी यसलाई धुमधामसंग मनाउने गछौं । 

तीजको अवसर पारेर उक्त दिन धनगढी उपमहानगरपालिका,कञ्चनपुरको पुनर्वास नगरपालिका, बेलौरी, लालझाडी गाउँपालिकाले स्थानीय बिदा दिएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *