प्रदेश स्तरीय किसोरी संजाल गठन : १५ बुँदे घनगढी घोषणा पत्र जारी

समताखबर       २८ भाद्र २०७९, मंगलवार १८:३१

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा आयोजित किशोरी सम्मेलनले २७ सदस्यीय प्रदेश स्तरीय किशोरी सञ्जाल गठन गरेको छ । चटकपुरस्थित पौवा होटलमा आयोजित दुई दिने सम्मेलनले धनगढी उपमहानगरपालिका-३ कि लक्ष्मी जोशीको संयोजकत्वमा प्रदेश स्तरीय किसोरी सञ्जाल गठन गरेको हो । सञ्जालमा प्रदेशका नौ वटै जिल्लाका किशोरीहरु सहसंयोजक र सदस्यमा चयन भएका छन् ।

मेरो शरीर, मेरो अधिकार भन्ने नाराका साथ २६ र २७ गते भएको सम्मेलनमा प्रदेशका नौ जिल्लाका ६५ जना बालिकाको सहभागिता रहेको बताईएको छ । किशोरीहरुले सन् २०३० मा किशोरीहरुको क्षेत्रमा समेत दिगो विकास लक्ष्य पूरा गर्नका लागि सरोकारवाला निकायलाई दवाव दिने बताइएको छ ।

सम्मेलनबाट १५ बुँदे धनगढी घोषणा पत्र पनि जारी गरिएको छ । सो सम्मेलन सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय,यूएनएफपिए र फाया नेपालको आयोजनामा भएको थियो ।

यस्तो  १५ बुँदे घोषणा पत्र

नेपालको संविधान तथा नेपाल सरकार पक्ष राष्ट्र भइ सयुक्त राष्ट्र संघको महासभा २७ सेप्टेम्बर २०१५ मा सयुक्त राष्ट्र संघको ७०औ वर्षगाँठले पारित गरेको दिगो विकास लक्ष्य (२०१६ – २०३०) ले निर्दिष्ट गरेका लक्ष्य तथा सूचकहरू जसले बालबिबाहलाई सहस्राब्दी विकास लक्ष्यको प्राप्तिको लागि एक बाधकका रुपमा पहिचान गरि दिगो विकास लक्ष्यको कार्यसूचीमा बालबिबाह अन्त्य गर्ने बिषयलाई प्राथमिकताका साथ समाबेश गरिएको तथ्यलाई पूर्णरुपमा आत्मसात गर्दै,

मुलुकी संहिता २०७४, सुरक्षित मातृत्व र यौन तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ र पन्धौ पन्चवर्षीय योजनाले निर्दिष्ट गरेको दीर्घकालीन सोच, उद्देश्य, रणनीति, कार्यनीति र कार्यक्रमलाई आत्मसात गर्दै,

Global Program to End Child Marriage Report 2019 ले नेपाललाई एसियामै तेस्रो उच्च बालविवाह दर रहेको देश उल्लेख गरेको छ १५-१९ वर्षका युवतीहरू मध्ये १७ प्रतिशत गर्भवती वा पहिलोबच्चा भएकी आमा भइसकेका हुन्छन।

सुदूरपश्चिम प्रदेश नेपालमा बालविवाह दर बढी हुने प्रदेश मध्ये एक हो । यसबाहेक यौन र प्रजनन् स्वास्थ्य र अधिकारहरूमा सीमित पहुँचको परिणामको कारण लैङ्गिकतामा आधारित हिंसा, हानिकारक अभ्यास साथै किशोर किशोरीको प्रजनन् स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको विभिन्न अध्ययनले देखाएको छ र यो किशोरीहरूको लागि यौन तथा प्रजनन स्वास्थ्यका नकारात्मक परिणामहरूसँग जोडिएको कुरालाई मध्यनजर गर्दै,

सामाजिक विकास मन्त्रालयको आयोजना, संयुक्त राष्ट्रसंघिय जनसंख्या कोष र फाया नेपालको सहयोग र सहकार्यमा मिति २०७९ भाद्र २६ र २७ गते संचालित २ दिवसीय सुदुरपश्चिम प्रदेश स्तरीय किशोरी सम्मेलनमा यस प्रदेशका सबै जिल्लाबाट प्रतिनिधित्व गर्ने तपशिलका सहभागिहरुले विविध विषयमा छलफल गरी यो घोषणा जारी गरेका छौ ।

 हामी किशोरीहरुको समग्र विकासको लागि किशोरी विकास रणनीतिक योजना बनाई प्रदेश तथा स्थानीय स्तरमा कार्यान्यन गरियोस भन्ने प्रदेश सरकार, स्थानीय सरकार र अन्य सरोकार निकायहरुलाई आव्हान गर्दछौं ।

 प्रदेशभारि किशोरीमैत्री वातावरण निर्माण गरी कम्तिमा सबै किशोरीहरुले विद्यालय स्तरीय शिक्षा पूरा गर्ने अवस्था सिर्जना होस भन्ने माग गर्दछौ ।

– प्रदेशमा उच्च रुपमा विद्यमान रहेका हानिकारक आभ्यासहरु जस्तै वालविवाह, छाउपडीको निवारणका लागि एकीकृत प्रयास मार्फत संवोधन गरियोस भन्ने अनुरोध गर्दछौ।

 प्रदेशमा अवस्थित सम्पूर्ण स्वास्थ्य संस्थाहरु किशोरकिशोरी मैत्री बनाई उनीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवाप्रदानको लागि माग गर्दछौ ।

– किशोरीहरुमा हुने भौतिक, मनोवैज्ञानिक, यौनिक र आर्थिक हिसांहरुको रणनीतिक रुपले सम्बोधन गरी महिला तथा किशोरी हिंसा मुक्त प्रदेशको लागि आह्वान गर्दछौ ।

 समुदायमा व्याप्त विभिन्न लैंगिक हिंसा र हानिकारक अभ्यासहरू अन्त्य गर्नका लागि किशोरीहरुलाई स्थानीय तथा प्रदेश संजालमा आबद्ध गरी उनीहरुको प्रभावकारी भूमिका र अर्थपूर्ण संग्लनता सहितका कार्यक्रम कार्यान्वयन होस् भन्ने चाहन्छौं ्र

– आवधिक रुपमा प्रदेश स्तरीय किशोरी सम्मेलनलाई निरन्तरता दिई किशोरीहरुको सेवा तथा आवसरमा पँहुच बृद्धि गरी उनीहरुको अधिकार सुनिश्चित गरियोस् भन्ने चाहन्छौ ।

 किशोरी विकासका लागि प्रदेश तथा स्थानीय सरकारबीच सहकार्य, समन्वय र सहकार्यको प्रवर्द्धन गरी एकीकृत प्रयास गर्न आह्वान गर्दछौ ।

 कानुनी, धार्मिक, सामाजिक वा सांस्कृतिक विचार तथा व्यवहार मार्फत किशोरीहरुको मर्यादा र स्वतन्त्रता प्रबर्धन होस् भन्ने चाहन्छौं ।

१०किशोरीहरुलाई आफ्नो जीवन र अधिकार बारे महत्वपुर्ण सूचना तथा जानकारीहरुमा सहज पहुँच सुनिश्चित होस् र उनीहरुले सूचना तथा प्रविधिको निर्बाध एबम समान उपयोग गर्न पाउन भन्ने चाहन्छौं ।

११ शिक्षा आर्जन गर्ने, विद्यालय शिक्षालाई निरन्तरता दिने, विवाह गर्ने र भबिस्य छनौट गर्ने लगायतका निर्णय प्रक्रिया साथै स्थानीय तहको योजना तर्जुमा, कार्यन्वयन र अनुगमन समेतमा किशोरीहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित होस भन्ने चाहन्छौ ।

१२– किशोर किशोरीहरूको सुरक्षा र गोपनीयता सुनिश्चित गर्न, किशोर किशोरी प्रतिको यौन दुर्व्यवहार, हिंसा र रोकथाम र मनोसामाजिक समस्याको व्यवस्थापन गर्न एबम किशोरी प्रजनन स्वास्थ्य र बालविवाहको वरिपरिका समस्या र आवश्यकताहरूमा अभिभावक र समाजलाई लक्षित गर्दै जागरूकता बढाउने अभियान संचालन गरियोस भन्ने चाहन्छौं ्र

१३ विद्यालय लगायतका सार्बजनिक स्थानहरुमा महिनावारी स्वच्छता व्यवस्थापनको उचित र पर्याप्त व्यवस्थान गरियोस भन्ने आह्वान गर्दछौ ।

१४– विवाह योग्य उमेर सम्बन्धि कानून, किशोरीहरु प्रति गरिने विभेद र दुर्ब्यबहार रोक्ने कानुन एबम किशोरीहरूका लागि शिक्षा, सूचना र गुणस्तरीय सेवाहरू उपलब्ध गराउने नीतिहरुको सरकार, निजी क्षेत्र, नागरिक समाज तथा सहयोगी निकायहरुबाट सहकार्य सहित उचित र प्रभावकारी कार्यान्वयन होस भन्ने चाहन्छौ ।

१५– सबै तहका सरकारले बालविवाह र हानिकारक अभ्यासहरूको अन्त्यका लागि पर्याप्त नीति, योजना तथा कार्यक्रम र पर्याप्त बजेट व्यवस्था गरुन तथा किशोरीहरुको जीबन र स्वास्थ्य रक्षा, हित र विकासका प्रतिबद्धता पुरा गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज तथा सहयोगी निकायहरुले पर्याप्त स्रोत परिचालन गरुन भन्ने चाहन्छौं ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *