समता मिडिया सेन्टरका महासचिव सुनार कैलालीबाट प्रदेशसभा उम्मेदवार सिफारिस

समताखबर
  २४ भाद्र २०७९, शुक्रबार १५:१४

धनगढी : समता मिडिया सेन्टरका महासचिव बालकुमारी सुनार प्रदेशसभा सदस्य निर्वाचनको लागि समानुपातिक उम्मेदवार सिफारिस भएका छन्।

नेपाली कांगे्रस बर्दगोरीया गाउँ कमिटिले सुनारको नाम सिफारिस गरेको हो। गाउँ कमिटिको बैठकले निर्णय गरी कैलाली जिल्ला समितिलाई सिफारिस गरेको हो । 

कैलाली क्षेत्र नम्बर-२ अन्तर्गत प्रदेशसभा (ख) का लागि समता मिडिया सेन्टरका महासचिव सुनार समानुपातिक उम्मेदवार सिफारिस भएकी हुन् । लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशिल सुनार लोकप्रिय व्यक्तिको रुपमा परिचित छन् । उहाँ विभिन्न परोपकारीमा कार्यमा समेत संलग्न हुनुहुन्छ ।

प्रदेश सभा (ख) का लागि प्रत्येक्ष तर्फ भरत कुमार शाही र समानुपातिक तर्फ दलित महिलाबाट सुनार,आदीबासी जनजातीबाट टेक नाम्जाली मगर थारु समुदायबाट भीम बहादुर थारु र खस आर्यबाट लोकेन्द्र बढुवाल उम्मेदवार सिफारिस भएको नेपाली कांग्रेस गाउँ कमिटि सभापती कृष्ण बिष्टले जानकारी दिए ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *