प्रकाश नेपाली कमिट नेपालको अध्यक्ष चयन

समताखबर
  २८ भाद्र २०७९, मंगलवार १३:३२

बाँके : सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालको अध्यक्षमा प्रकाश नेपाली चयन हुनुभएको छ । मंगलवार सम्पन्न (कमिट) नेपालको १५ औं बार्षिक साधारण सभा तथा ८ औं अधिवेशनले उपाध्यक्षमा भीम नेपाली, महासचिवमा सितरा नेपाली र कोषाध्यक्षमा शान्ता नेपालीलाई सर्वसम्मत चयन गरेको हो ।

त्यसैगरी सदस्यहरुमा रेनु नेपाली,सिता नेपाली,बिष्णु बादी,गुमान नेपाली र शुसिला बादी चयन भएका छन् । सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले कमिट नेपालले समाज रुपान्तरणका लागि गरेको सकारात्मक भुमिकाको प्रशंसा गरे ।

राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका अधिकृत द्धारीका अधिकारी, दलित गैरसरकारी संस्था महासंघ बाँकेका उपाध्यक्ष बुद्ध सुनार, राष्ट्रिय बादी संजालका केन्द्रीय अध्यक्ष केशव नेपाली, समर्पण नेपालका अध्यक्ष मोहनलाल सोनखर लगाएतकाले बादी समुदायलाई आर्थिक, शैक्षिक, सामाजिक र राजनीतिक रुपमा बलियो बनाउन कमिट नेपालको आगामी कार्यभार रहेको बताए ।

वि.सं. २०६४ बैशाख २४ गते स्थापना भएको उक्त संस्थाले बादी समुदायको अधिकार, सामाजिक न्याय, आत्मसम्मान, सशक्तिकरण र रुपान्तरणका लागि बाँके र बर्दिया जिल्लामा विभिन्न परियोजना मार्फत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

संस्था स्थापना भएदेखिनै बादी समुदायलाई कसरी आत्मनिर्भर बनाई उनीहरुको अधिकार र आत्म सम्मान कसरी गर्न सकिन्छ भन्ने उद्देश्यका साथ काम गर्दै आएको छ ।

उद्धघाटन समारोह समापनपछि बन्ध सत्रमा संस्थाका निमित्त महासचिव सितरा नेपालीले प्रगति प्रतिबेदन र कोषाध्यक्ष शान्ता नेपालीले आ.व. २०७९/०८० को आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । साथै आगामी आ.व. २०७९/०८० को लागि प्रस्तुत गरिएको अनुमानित कार्यक्रम समेत अनुमोदन गरिएको थियो ।

नयाँ चयन भएका अध्यक्ष प्रकाश नेपाली (बादी) ले बादी समुदायको अधिकार प्राप्तीका लागि सामुदायिक अभियानबाटनै बादी समुदायलाई सशक्त बनाई स्थानीय तह, प्रदेश र संघ हुदै राष्ट्रिय स्तरका सरकारी सेवा सुबिधाका लागि पैरवी गर्ने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *