थप ६३ जनामा कोरोना पुष्टि

समताखबर
  १ आश्विन २०७९, शनिबार १७:१४

काठमाडौं : नेपालमा थप ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा देशभरबाट ३७४० नमूना परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १५७४ र एन्टिजेनबाट २१६६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३५ र एन्टिजेनबाट २८ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

मन्त्रालयका अनुसार थप १३१ जना कोरोनामुक्त भएका छन । हाल सक्रिय कोरोना संक्रमितको संख्या १९६६ पुगेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *