
काठमाडौं : सुदूरपश्चिम प्रदेशका सफल कपडा व्यवसायी गोपाल परियारले काठमाडौंको एक बाल आश्रमलाई सहयोग गरेका छन् ।
कैलालीको टिकापुरस्थित जेपी ट्रेडका संचालक परियारले सोमबार किर्तिपुर नगरपालिका-६ चोभारस्थित असाहाय बाल आश्रमका ३० जना बालबालिकाहरुलाई लत्ताकपडा र खानेकुरा सहयोग गरेका हुन् ।
विगत तीन बर्षदेखी उक्त बाल आश्रममा नियमित रुपमा सहयोग गर्दै आएका उनले १४ जना बालक र १६ जना बालिकालाई एक जोरका दरले लत्ताकपडा (सर्ट,पाइजामा) र चाउचाउ, नमकिन,भुजा लगाएतका खानेकुरा सहयोग गरेका हुन् ।
हिन्दुहरुको महान पर्व बिजया दशमी तथा दिपावलीमा नयाँ लुगा लगाउन पाउन भन्ने उदेश्यले हरेक बर्ष बडा दशैंको पूर्वसन्ध्यामा सहयोग गर्ने गरेको परियारले समताखबरसंग बताए ।

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ कैलाली शाखाका अध्यक्ष समेत रहेका परियार विगत ३० बर्षदेखी सिलाई तथा कपडा व्यवसायमा संलग्न छन् । टिकापुर उधोग बाणिज्य संघमा पनि आबद्ध परियार लामो समयदेखी सामाजिक कार्यहरुमा पनि संलग्न हुदै आएका छन् ।
२०५७ भदौ २७ गते स्थापना भएको उक्त बाल आश्रममा ३० जना अति विपन्न तथा अनाथ बालबालिकाहरु आश्रित रहेको संचालक नर बहादुर लिम्बूले समताखबरलाई बताए । संचालक लिम्बुका अनुसार आश्रममा कर्णाली प्रदेशको हुम्ला,डोल्पा,कालिकोट,मुगु र ताप्लेजुंग,ओखलढुंगा र रामेछामका बालबालिकाहरु छन् ।
Leave a Reply