पूर्वमन्त्री आलेलाई डेंगु संक्रमण

समताखबर
  ८ आश्विन २०७९, शनिबार १६:४९

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आले बिरामी भएका छन् । चार दिनदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत आलेलाई डेंगु संक्रमण भएको उनको निजी सचिवालयले जनाएको छ ।

पूर्वमन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीका अनुसार उनलाई टाइफाइड पनि भएको छ । अहिले उनलाई बेड भर्ना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *