
काठमाडौं : हिमालय टेलिभिजनको गायन रियालिटी शो द भ्वाइस अफ नेपालको चौथो सिजनको ब्लाईन्ड अडिसनबाट बाहिरीए डोटीका सनम परियार बाहिरीएका छन् ।
शुक्रबार भएको द भ्वाइस अफ नेपालको तेस्रो श्रृंखलामा निक्कै राम्रो प्रस्तुती दिएका डोटीका परियार कोचहरुको अन्यायका कारण बाहिरीएका हुन् ।
हिउँचुलीमा घाम लाग्यो घमाईलो बोलको गीत गाएर दमदार प्रस्तुती दिदा कोचहरु फर्केनन तर सोनमपछि रिसाउने भए बोलको गीत गाएका सिक्किमका प्रथम सुब्बाको कमजोर प्रस्तुतीमा भने दुई जना कोचहरु फर्केका छन् ।
सनमको राम्रो प्रस्तुती हुँदा पनि कोचहरुले अन्तिममा कुनै प्रतिकृया समेत दिएनन तर प्रथमको कमजोर प्रस्तुतीमा भने राजु लामा र प्रमोद खरेल एकै पटक बज गर्दै फर्केका हुन् ।
सिक्किमका प्रथम सुब्बा भन्दा राम्रो प्रस्तुती दिएका डोटीका सनम परियारलाई कोचहरुले अन्याय गरेको भन्दै द भ्वाइस अफ नेपालको सर्बत्र बिरोध गरिएको छ । राजेशपायल राई,प्रविशा अधिकारी,राजु लामा र प्रमोद खरेल द भ्वाइस अफ नेपालको चौथो सिजनको कोच रहेका छन् ।
हेर्नुहोस भिडियो :
भिडियो साभार हाम्रो भाइस 2.0
Leave a Reply