
काठमाडौं : परिपक्क यौनको लागि आत्मविश्वास, भावनात्मकताको विकास आदिको भूमिका ठूलो हुन्छ । प्रायः मानिसहरू यौन सम्पर्क केवल आनन्दका लागि मात्र ठान्छन् । तर, नियमित यौनसम्पर्क गर्दा रोगबाट मुक्त पाउनुका साथै शरीरलाई पनि धेरै फाइदा गर्छ । साथै, नियमित सेक्स गर्दा निम्न कुरामा फाइदा हुने गर्छ ।
मोटोपन घट्छ :
मोटोपन भएकाहरूले नियमित सेक्स गर्दा राम्रो हुन्छ । कसरत गर्नुभन्दा नियमित सेक्स गर्दा मोटोपन घटाउन सहज हुने गर्छ ।
हृदयाघातको खतरा कम हुन्छ :
सेक्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोन बीच सन्तुलन राख्ने हुँदा हृदयाघातको खतरा कम हुने चिकित्सकहरू बताउँछन् ।
ब्लड प्रेसर नियन्त्रण हुन्छ :
ब्लड प्रेसर (उच्च रक्तचाप) का बिरामीलाई पनि नियमित सेक्स धेरै फाइदाजनक छ । उच्च रक्तचाप नियन्त्रण राख्न नियमित सेक्सले सहयोग पुर्याउँछ ।
टाउकोको दुखाइ कम हुन्छ :
टाउको दुख्ने समस्याका बिरामीलाई पनि सेक्स निकै फाइदाजनक छ । महिनामा कम्तिमा पाँच पटकभन्दा कम यौनसम्पर्क गर्नेलाई माइग्रेन हुन सक्छ ।
एजेन्सी
Leave a Reply