
धनगढी : बिहीबार ग्रेडरले किचेर मृत्यु भएकी १५ वर्षीया चेतना साउँदको शव आफन्तले बुझेका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार शुक्रवार ९आज० शव बुझिएको हो।
चेतनाका आफन्त र प्रहरी प्रशासनको सहमतिपछि शव बुझिएको उनले बताए। अब शवको पोस्टमार्टम गरेर दाहसंस्कार गरिने छ।
धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुरस्थित पिपल चौतारा सडक खण्डमा बिहीबार बिहान कालिका कन्ट्रक्सनको ना. १ क. ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा १५ वर्षीया चेतना साउँदको मृत्यु भएको हो ।
पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत साउँदको स्कुल जाने क्रममा ग्रेडरले साइकललाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।
Leave a Reply