बर्दगोरियामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

समताखबर
  १९ मंसिर २०७९, सोमबार १६:०१

कैलाली : यस वर्ष  ‘सभ्य समाजको पहिचान : लैङ्गिक हिंसा विरुद्ध अभियान’ भन्ने नारा दिएर १६ दिने अभियान मनाउन थालिएको छ। यो अभियानका लागि अन्तर्राष्ट्रिय रूपमा भने ‘UNIT ! ACTIVISM TO END VOILENCE AGAINST WOMEN GIRLS !’ नारा दिइएको छ।

संसारभर २५ नोभेम्बरदेखि ८ डिसेम्बरसम्म यो अभियान मनाउने गरिन्छ। नेपालमा पनि विभिन्न संघसंस्थाले यो अभियान मनाउँदै आएका छन्। यसै क्रममा आज सोमबार बिहान ११ बजे बर्दगोरिया गाउँपालिका वडा नं. ४ मुडामा अन्तरक्रिया गरिएको छ। गाउँपालिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

११५ जनाको उपस्थिती रहेको उक्त कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष जगत बहादुर शाहीले गरेका थिए ।  सरिता चौधरिले संचालन गरेको कार्यक्रममा संयुक्त आमा समूहकी सदस्य उत्रा देवि बम र हरीयाली आमा समुहकी सदस्य जमुना सुवेदीले स्वागत मन्तब्य राखेका थिए ।

अन्तरक्रियामा सृजनशिल किशोरी समुहकी अध्यक्ष कन्चन सुनार,लाली गुराँस महिला विकास समिति अध्यक्ष मनिसा बिक लगाएतले मन्तब्य राखेका थिए । अन्तरक्रियामा महिला मात्र नभएर अधिकांस पुरुष पनि हिंसामा परेको,महिलाहरु स्वयं महिलाबाटनै सबैभन्दा बढी हिंसामा परेको चर्चा गरिएको थियो । सासू,बुहारी देउरानी,जेठानीबीच सबैभन्दा बढी झगडा हुने गरेको समेत चर्चा गरिएको छ । 

आफ्नो पाँच बर्षे कार्यकालमा महिला हिंसा अन्त्य गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने वडाअध्यक्ष शाहीले बताए । शाहीका अनुसार महिलाहरु अहिले वडादेखी गाउँ कार्यपालिकासम्म जिम्मेवारि पदमा पुग्नु सुखद रहेको र लैंगिक हिंसा अन्त्य गर्न उहाँहरुको सक्रियता बढ्नु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *