सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय

समताखबर
  १९ मंसिर २०७९, सोमबार १६:३८

काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला चार सयले बढेको छ ।

हिजो प्रतितोला रु ९९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९९ हजार नौ सय पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार थियो ।    

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १५ले बढेर एक हजार तीन सय ८५ पुगेको महासङ्घले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *