जाडोमा यसरी गर्न सकिन्छ ओठको हेरचाह

समताखबर
  २२ मंसिर २०७९, बिहीबार ११:३१

काठमाडौं : जाडोमा छाला सुख्खा भई फुट्ने गर्दछ। ओठको छाला त झनै पत्र पत्र निक्लँदै चिरा पनि पर्ने गर्दछ । स्वस्थ, मुलायम र नरम ओठको हरेकलाई चाह हुन्छ । जाडोमा ओठको छाला खस्रो हुँदै सुन्दरतामा पनि असर पार्न सक्छ । त्यसैले यसको पनि विशेष ख्याल राख्नुपर्छ ।

स्क्रब गर्ने :

फुटेको ओठमा मृत छालाका पत्र हुन्छन्, जसले तपाईंलाई अस्वस्थ देखाउन सक्छ। यसका लागि स्क्रब प्रयोग गरेर यस्ता मृत छाला हटाउनुपर्छ। चिनीमा चिल्लो तरल पदार्थ हाली स्क्रब बनाएर ओठमा रगड्ने ग¥यो भने मृत छाला हट्छ र ओठ सुन्दर बन्छ। यसका लागि दाँत माझ्ने ब्रसले बिस्तारै ओठ सफा गर्न पनि सकिन्छ। तर बेस्सरी रगड्यो भने चाँही ओठको स्थिती झनै भयानक बन्न सक्छ त्यसैले ध्यान पु¥र्याउनुहोला । यसरी सफा गरेपछि लिपबाम प्रयोग गर्न बिर्सनु हुँदैन।

लिपबाम प्रयोग गर्ने :

समय–समयमा ओठमा लिपबाम प्रयोग गर्ने गर्नुपर्छ । यसो गर्दा ओठको नरमपना रहिरन सक्छ र ओक सुन्दर बनाउन सकिन्छ । भिटामिन ई को मिश्रण भएका लिपबाम ओठको लागि राम्रो मानिन्छ ।

नकोट्याउने :

कतिपय मानिसको ओठमा भएका छाला टोक्ने अथवा तान्ने बानी हुन्छ, यसो गर्दा ओठका अन्य छाला पनि तछानिन सक्छन् र घाउ बन्न सक्छन् । त्यसैले ओठमा जमेका मृत छाला औँला अथवा नङले कोट्याएर निकाल्ने गर्नु हुँदैन।

बाममाथि लिपस्टिक लगाउनुस् :

जाडो मौसमा लिपस्टिक लगाउनुअघि ओठमा लिपबाम लगाई सुक्न दिनुपर्छ र त्यसमाथि लिपस्टिक लगाउनुपर्छ। यसले ओठमा अतिरिक्त मोस्चराइज उपलब्ध गराउँछ।

ओठ नचाट्नुस् :

जाडोमा ओठ सुख्खा हुने भएकाले ओठ फुट्ने गर्छ। ओठको सुखापन हटाउन ओठमा जिब्रो घुमाउने धेरैको बानी हुन्छ। यस्तो गर्नु हुँदैन। यस्तो गर्नाले ओठ अझ बढी सुख्खा हुन्छ फुट्ने सम्भावना पनि बढी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *