
डोटी । जिल्ला अस्पताल डोटीमा पाठेघर खसेका महिलाहरूको निःशुल्क शल्यक्रिया गरिएको छ । गत बुधवार दुई र बिहिवार चार जना गरेर छ जना पाठेघर खसेका महिलाको सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर निराजन श्रेष्ठका अनुसार उप क्षेत्रीय अस्पताल डडेल्धुराका चिकित्सकको सहयोगमा डोटी अस्पतालमा पहिलो पटक उक्त शल्यक्रिया सफल भएको हो । लामो समय देखि पाठेघरको समस्याबाट पिडित महिलाको निःशुल्क शल्यक्रिया गरिदिएपछि उनीहरूले खुसी व्यक्त गरेका छन् ।
यो सेवालाई अस्पतालले नियमित सेवामा राखेको छ हरेक एक,दुई हप्ताको फरकमा पाठेघर खसेका महिलाको शल्यक्रिया गरिने हुँदा समस्या भएका महिलालाइ अस्पतालमा सम्पर्क गर्न समेत मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रेष्ठले अनुरोध गरेका छन् ।

Leave a Reply