डोटीका भूकम्प पिडितलाई न्यानो कपडा वितरण

समताखबर
  २९ पुष २०७९, शुक्रबार १५:४९

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकाका एक सय ३५ भूकम्प पिडित परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । पूर्वीचौकी गाउँपालिकाको समन्वयमा केयर नेपाल, सम विकास केन्द्र र निड्स नेपालद्वारा भौचर मार्फत न्यानो कपडा वितरण गरिएको हो ।

चिसोबाट बच्न सहज होस् भन्ने उद्देश्यले प्रति परिवार ८ हजार तीन सय रुपैयाँ बराबरका न्यानो कपडा वितरण गरिएको सम विकास केन्द्रका सम्पर्क व्यक्ति केशव परियारले जानकारी दिए ।

पुस २४ गतेदेखि २६ गतेसम्म पिपल्ला बजारमा ८ हजार तीन सयको भौचर वितरण गरिएको र उनीहरूले आवश्यकता अनुसारको न्यानो कपडा खरिद गरेको परियारले बताए ।

वितरण स्थलमा लाभग्राहीको गुनासो सङ्कलन, सुझाव सङ्कलन, प्रतिक्रिया तथा पृष्ठपोषणका लागि गुनासो डेस्कको व्यवस्थाको साथै पारदर्शिता सूचना बोर्डको व्यवस्था समेत गरिएको थियो । हाल पूर्वीचौकी गाउँपालिकाका भूकम्प पिडितलाई न्यानो कपडा वितरण गरिएको र बिस्तारै यो कार्यक्रमलाई थप विस्तार गरिने सम विकास केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *