
धनगढी । कंचनपुरको कृष्णपुर नगरपालिकामा वडा स्तरीय निगरानी समूह गठन गरिएको छ । शनिबार आफन्त नेपालको पहलमा नगरपालिकाको वडा नं.२ बाणीमा वडा अध्यक्ष अर्जुन साउँदको अध्यक्षतामा भएको भेलाले प्रगतिशिल आमा समुहका अध्यक्ष शर्मिला थापाको संयोजकत्व ११ सदस्यीय निगरानी समूह गठन गरिएको हो ।
समूहको अन्य सदस्यहरुमा मोहन सिंह रोकाया, हिक्मत भण्डारी, रोशन बोहरा, कलावती जाग्री, बम्मन राना, गणेशदत्त जोशी, भुवन धामी, जिवन चौधरी, कृष्णा साउँद सदस्य र मोहन बहादुर भण्डारी सदस्य सचिव रहेका छन ।

वडा अध्यक्ष साउँद,कृष्णपुर नगर कार्य पालिका सदस्य साबित्री भारती,श्री उदय मा.बि. बंकका प्रअ बम्मन राना,लेखक संघका दिपेन्द्र पाल,तेश्रो आँखा युवा क्लव, जयमहाकाल युवा समूह, प्रगतिशिल आमा समूह, महिला समूह सहभागि भेलाले बालश्रम शोषणको रोकथाम, प्रारम्भिक पहिचान र अवस्था अनुगमनका लागि निगरानी समूह गठन गरेको बताईएको छ ।
युनिसेफ नेपालको आर्थिक सहयोगमा एटविन र आफन्त नेपालको सहकार्यमा सञ्चालित ‘बालश्रम शोषण रोकथाम, स्थानागमन तथा मानब बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण परियोजना’ अन्तरगत निगरानी समुह गठन गरिएको आफन्त नेपालका कार्यक्रम संयोजक बिर बहादुर नेपाली बताए ।

Leave a Reply