
धनगढी । कैलालीको धनगढीमा ह्युमन च्वाईस एण्ड टेलरिंग सेन्टरको आज उद्धघाटन गरिएको छ । विगत १० बर्ष अघिदेखी धनगढीको कैलालीपुल नजिक संचालमा रहेको सो टेलरिंग सेन्टर थप सेवासहित आजदेखि धनगढीको रातोपुल मेन रोडस्थित होटल जलसा नजिक सञ्चालनमा आएको हो ।

बिमल कुमार दर्जीको करिब ५० लाखको लगानीमा टेलरिंग सेन्टर संचालनमा आएको हो ।

बिहान १०:३० बजे टेलरिंग सेन्टरको नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष तथा उधोग व्यापार महांघका केन्द्रीय उपाध्यक्ष एवं मोडर्न तयारी पोशासका संचालक हिक्मत बहादुर दर्जीले उद्घाटन गरेका हुन् ।

दक्ष कारिगरद्धारा तयार पारिएका फेन्सी सामाग्रीहरु सस्तो दररेटका साथै छिटोछरितो सेवा दिने ह्युमन च्वाईसका सञ्चालक दर्जीले बताए । युवाहरु र कलेजका बिधार्थीहरुलाई लक्षित गर्दै विभिन्न मेला महोत्सव, बडा दशैं,दिपावली,माघी लगाएतका चाड पर्वहरुमा विभिन्न अफरहरु पनि दिइने उनले समताखबरलाई बताए ।

उनका अनुसार ह्युमन च्वाईसमा ब्राण्डेड कपडाहरुका कोट, पाइन्ट, निजामती ड्रेस, स्कुल ड्रेस, व्लेजर,कुर्ता पाईजामा, फेन्सी टाई, टाई क्लिप, बेहुला बेहुली लगन कपडा, शुभसाइतका कपडाहरु पाईने छन् ।





Leave a Reply