
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सुमेरु अस्पताल पुगेर नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य लाभको कामना गरेका छन् ।
सुमेरु अस्पतालमा उपचाररत पुनलाई भेट्न पुगेका उपप्रधानमन्त्री पौडेलले पुनको स्वास्थ्य लाभको कामना गरेका हुन् ।
लामो समयदेखी जण्डिसबाट पीडित पुनलाई स्वास्थ्यमा समस्या देखिएपछि पुस ३० गते अस्पताल भर्ना गरिएको थियो ।
नेता पुन मंसिर ४ को चुनावलगत्तै चीनबाट उपचार गरेर नेपाल फर्किएका हुन्।

Leave a Reply