मधेशी र थारु समुदायलाई भित्तामा धकेलेर राष्ट्रिय सहमतिको नारा दिएको भन्दै सिके राउत असन्तुष्ट

समताखबर
  ५ माघ २०७९, बिहीबार १५:०५

काठमाडौ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले पदको लागि मात्रै राष्ट्रिय सहमतिको कुरा उठाएको प्रति आपत्ति जनाएका छन्।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रपति र प्रधानमन्त्री लगायतका पदलाई लुछाचुँडी गर्नका लागि मात्रै राष्ट्रिय सहमतिको चर्चा गरेको दाबी गरे। देश संकटमा परेको बेलामा राष्ट्रिय सहमतिको खोजी नभएको बताए।

उनले भने, ‘मत दिनका लागि दलभन्दा माथि उठ्नुहोस् भनेर आग्रह गर्नुभएको छ। तपाईँहरूले कस्तो खालको राष्ट्रिय सहमति खोज्नुभएको हो ? पुरै मधेसी र थारु समुदाय, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई भित्तामा धकेलेर कस्तो राष्ट्रिय सहमति चाहनुभएको हो ?’

उनले आफूहरूलाई दलभन्दा माथि उठ्न कुनै समस्या नभएको भन्दै उनले भने, ‘तपाईँहरू एउटा निश्चित, वर्ग, जातिको मुखौटाभन्दा माथि उठ्न सक्नुहुन्छ ?’

मधेश आन्दोलनमा मृत्यु भएकाहरुलाई राज्यले शहीद घोषणा गरेको, तर संसदले नसम्झिएको भन्दै राउतले विरोध समेत जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *