५.९ रेक्टरस्केलको भूकम्पले बाजुरामा केही घर भत्किए

समताखबर
  १० माघ २०७९, मंगलवार १६:३४

धनगढी । बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५.९ रेक्टर स्केलको भुकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार दिउँसो २ बजेर ४३ मिनेट जाँदा भूकम्प गएको हो ।

पश्चिम नेपालको नेपालगञ्ज,कैलाली,कंचनपुर,डोटी, बझाङ,बाजुरालगायतका ठाउँमा भूकम्पको धक्का महसुस भएको थियो ।

बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको डीएसपी सूर्य थापाले बताए ।  भौतिक र मानवीय क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ ।

हिमाली गाउँपालिकाकी उपाध्यक्ष राजकला सार्कीका अनुसार वडा नम्बर ६ मा एउटा विद्यालय भवन र दुई वटा घर भत्किएका छन् ।

अन्य वडामा टेलिफोन सम्पर्क हुन नसक्दा क्षतिको विवरण प्राप्त गर्न समस्या भएको सार्कीले बताइन् ।

फाइल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *