हाँस पालन कसरी गर्ने ?

समताखबर       ६ माघ २०७९, शुक्रबार १६:२८

काठमाडौं । नेपालमा कुखुरा पालन गरेजस्तै हाँस पालन पनि  गर्न सकिन्छ। हाँस पालन र  कुखुरा पालनको प्रणाली उस्तैउस्तै छन्। यद्यपि, कुखुराको तुलनामा हाँस भन्दा विभिन्न प्रकारको मौसम र ठाउँमा पाल्न सकिन्छ। 

हाँस अरू कुनै कृषि बाली नहुने र पशुपालन गर्न गाह्रो हुने क्षेत्रमा पनि बाँच्न सक्छन्। यी कट्टर चराको विश्वभर विभिन्न नस्ल उपलब्ध भएकाले हाँस पालन व्यवसाय धेरै नै तुलनात्मक रूपमा सहज र लाभदायक व्यवसाय हो।

व्यावसायिक उपयोगिता:

घरपालुवा हाँस अण्डा, मासु तथा प्वाँखको लागि पालन गरिने प्रजाति हो। हाँसले करिब ६ महिना उमेर भएपछि फुल पार्न सुरु गर्दछ।  एउटा हाँसले वार्षिक सरदर २०० देखि ३०० गोटासम्म फुल उत्पादन गर्दछ।  

हाँसलाई करिब २ महिनाको उमेर भएपछि वा २ देखि २.५ के.जी. तौल भएपछि मासुको लागि प्रयोग गर्नु राम्रो हुन्छ। मासुको लागि पालिने हाँसको जीवित तौल सरदर ३ देखि ४ के.जी. सम्म हुन्छ।

प्रजाति:

पानीको व्यवस्था भएको मध्य पहाड र तराई क्षेत्रमा हाँस पालन गर्न सकिन्छ। मासु र फुल उत्पादनको लागि पालिने मुख्य हाँसहरू खाकी क्याम्पवेल र इयिडयन रनर हुन्। यस्तै, मासु उत्पादनको लागि पालिने प्रमुख हाँसका जातहरू पेकिन, मस्कोभि, एलिसबरी हुन्।

खोर/पाल्ने तरिका:

खोरमा राखेर पाल्दा उमेर र अवस्था अनुसार दुई हप्ता उमेरको प्रति चल्ला एक वर्ग फिट, हुर्कँदै गरेको प्रति चल्ला २.५ वर्ग फिट र वयस्क हाँसलाई करिब ३ वर्ग फिट ठाउँ भए पुग्छ।

हाँसलाई थुनेर पाल्दा एउटा खोरमा ६ पोथीको लागि १ भाले राखेर पालिन्छ। तर खोरमा पानीको व्यवस्था मिलाउनु पर्दछ। छाडा छोडेर पाल्दा करिब १२ कठ्ठा जमिनमा करिब १००० हाँस पालन गर्न सकिन्छ। खाकी क्याम्पवेल र इयिडयन रनर जातका हाँसहरू छाडा छोडेर पाल्न उपयुक्त मानिन्छ।

हाम्रो देशको धेरैजसो कृषकहरूले हाँसलाई छाडा छोडेर पाल्ने गरेका छन्। यो तरिकामा हाँस आफैँ चर्ने हुँदा दाना आदिमा खर्च लाग्दैन तर, ठुलो ठाउँको आवश्यकता पर्दछ।

जानकारी सुविधा:

हाँस पालनको लागि आवश्यक जानकारी तथा सरकारी स्तरबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरू बारे जानकारी लिन सम्बन्धित जिल्ला पशु सेवा कार्यालय, सम्बन्धित जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क गर्न सकिन्छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *